नेपाल आदिवासी जनजाति महासंघ युएईको पहिलो बार्षिक साधारण सभा सम्पन्न

बरदुबई स्थित एभरेस्ट क्लब याक एण्ड यतिको हलमा अध्यक्ष बिक्रम पंधाक लिम्बु ज्युको सभापतित्वमा पहिलो बार्षिक साधारण सभा सम्पन्न भएको छ।

 उक्त कार्यक्रममा प्रमुख अतिथि नेफिन युएईका संरक्षक सदस्य प्रमोद श्रेष्ठ ज्यु र बिशेष अतिथिहरुमा नेफिन युएईका संरक्षक ज्युहरु, सल्लाहकार ज्युहरु,आबद्ध जातिय संस्थाका अध्यक्ष ज्युहरु, आमन्त्रित अतिथिहरु पुर्व कार्यसमिति पदाधिकारी ज्युहरु, मिस्टर एण्ड मिस इन्डीजिनस २०२४ बिजेताहरु, पत्रकार, कलाकार र अन्य अतिथिहरुको भब्य उपस्थिति रहेको थियो।

स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष हरि मोक्तान ज्युबाट, २०२३-२०२४ को आर्थिक प्रतिबेदन कोषाध्यक्ष सुरेन तामाङ र सहकोषाध्यक्ष शभुमी लिम्बु यम्भामी, नेफिन युएई द्वारा सञ्चालित उद्धार तथा राहत कोषको आर्थिक बिवरण संयोजक बबिता रास्कोटी मगर ज्युको अनुमति लिएर सहकोषाध्यक्ष भुमी लिम्बु यम्भामी बाट प्रस्तुत भएको थियो भने, बार्षिक प्रतिवेदन र आगामी कार्ययोजना अध्यक्ष बिक्रम पंधाक लिम्बु मिसाम ज्युबाट प्रस्तुत गरि कार्यक्रम सुचारु गरिएको थियो।

 आमन्त्रित प्रमुख अतिथि, बिशिस्ट अतिथि र अतिथि ज्युहरुबाट शुभकामना सहित मन्तब्य रहेको थियो। कार्यक्रमको औपचारिक सञ्चालन महासचिव डि.के. किराती ज्युले गर्नु भएको थियो र कार्यक्रमको माइन्युटिंग सचिव बुद्ध बहादुर तामाङ ज्युले गर्नु भएको थियो ।

अन्त्यमा सांस्कृतिक बिभाग प्रमुख शिला राना मगर ज्युको सञ्चालनमा जातिय संस्थाका कलाकारहरुबाट सांस्कृतिक प्रस्तुति पनि रहेको थियो।

सह कोषाध्यक्ष भिमा लिम्बु यम्भामी र राहत कोष संयोजक बबिता रासकोटी मगर ज्युलाई कार्यसमितिबाट उत्कृस्ट सदस्य घोषित गरि सम्मान गरिएको थियो।

  • Related Posts

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना

    टेक्सास । अमेरिकाको टेक्सास राज्यस्थित फोर्ट वर्थ शहरमा नेपाली स्वाद, संस्कृति र मसिनो मसलाको सुगन्ध फैलाइरहेका छन्, एक उर्जावान नेपाली युवा शेफ निश्चल ढुङ्गाना । सामान्य परिवारबाट उठेर अन्तर्राष्ट्रिय खाद्य…

    “बाटो पनि अधुरो, पानी पनि बन्द — मेहेलेका जनता प्यासै, विद्यालयसमेत संकटमा”

      ताप्लेजुङ २०८३ जेष्ठ १० ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं. ६ मेहेलेमा सडक निर्माणको नाममा भएको लापरवाहीका कारण स्थानीय बासिन्दा मात्रै होइन, विद्यालयसमेत गम्भीर खानेपानी संकटमा परेको छ। मेहेले भञ्ज्याङ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना