चिया खेतीको इतिहास नेपालमा

नेपालमा चियाखेतीको इतिहास निकै पुरानै छ । नेपालमा चिया खेती हुन थालेको डेढ शताव्दी भइसकेको छ । वि.सं. १९२० मा कर्णेल गजराज सिंह थापाले चीनबाट उपहारस्वरुप प्राप्त भएको चियाको विरुवा इलामा रोपेपछि नेपालमा नेपालमा चियाखेतीको सुरुवात भएको हो । कर्णेल थापा जंगबहादुर राणाका ज्वाई हुन् । थापाले जंगबहादुरकी जेठी छोरी वदनकुमारीसँग विहे गरेका थिए । चिनिया सम्राटबाट उपहारमा प्राप्त भएको चियाको विरुवा जंगबहादुरको आदेश  इलामका तत्कालिन बडाहाकिम तथा कर्णेल गजराजलाई भएपछि नेपालमा चिया खेतीको औपचारिक सुरुवात भएको देखिन्छ ।

थापाले वि.सं. १९२० मा इलाम चिया कमान र त्यसको २ वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चिया खेती विस्तार हुँदै गयो । यही समय भारतको दार्जिलिङमा पनि चिया खेती प्रारम्भ भइसकेको थियो । भारतमा चिया खेती फस्टाइरहँदा नेपालमा भने जहाँनिया राणा शासनका अगाडि चिया खेती फस्टाउन पाएन । तर त्यही समय दार्जिलिङको चिया खेतीले भने व्यापकता पाउँदै गयो र ब्राण्ड नै स्थापित गर्यो ।

  • Related Posts

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न

    ‘बैशाख एक झापा नाटक घरमा भेट’ भन्ने स्लोगन का साथ नव वर्ष २०८३ को पहिलो दिन क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा झापा नाटक घर बिर्तामोड झापामा एउटा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न…

    निशुल्क एक दिने शिविर संम्पन्न

    अजेन्द्र वाइबा तामाङ चैत २८ पाँचथर फिदिम नगरपालिकाको आयोजनामा तथा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रा.लि., विराटनगरको प्राविधिक सहयोगमा टाउको, नसा तथा मुटुरोग सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न