चिया खेतीको इतिहास नेपालमा

नेपालमा चियाखेतीको इतिहास निकै पुरानै छ । नेपालमा चिया खेती हुन थालेको डेढ शताव्दी भइसकेको छ । वि.सं. १९२० मा कर्णेल गजराज सिंह थापाले चीनबाट उपहारस्वरुप प्राप्त भएको चियाको विरुवा इलामा रोपेपछि नेपालमा नेपालमा चियाखेतीको सुरुवात भएको हो । कर्णेल थापा जंगबहादुर राणाका ज्वाई हुन् । थापाले जंगबहादुरकी जेठी छोरी वदनकुमारीसँग विहे गरेका थिए । चिनिया सम्राटबाट उपहारमा प्राप्त भएको चियाको विरुवा जंगबहादुरको आदेश  इलामका तत्कालिन बडाहाकिम तथा कर्णेल गजराजलाई भएपछि नेपालमा चिया खेतीको औपचारिक सुरुवात भएको देखिन्छ ।

थापाले वि.सं. १९२० मा इलाम चिया कमान र त्यसको २ वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चिया खेती विस्तार हुँदै गयो । यही समय भारतको दार्जिलिङमा पनि चिया खेती प्रारम्भ भइसकेको थियो । भारतमा चिया खेती फस्टाइरहँदा नेपालमा भने जहाँनिया राणा शासनका अगाडि चिया खेती फस्टाउन पाएन । तर त्यही समय दार्जिलिङको चिया खेतीले भने व्यापकता पाउँदै गयो र ब्राण्ड नै स्थापित गर्यो ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु