विदेशबाट पनि मतदान गर्न पाउने व्यवस्था हुनुपर्ने माग

संघीय लिम्बुवान सामाजिक मञ्च युएईले विदेशबाट पनि मतदान गर्न पाउने व्यवस्था हुनुपर्ने माग गरको छ।

संविधान दिवशको शन्दर्भ पारेर युएई स्थित नेपाली राजदुतावासका राजदुत तेज बहादुर क्षेत्रीलाई ज्ञापन पत्र बुझाउदै संघीय लिम्बुवान सामाजिक मञ्च युएईले विदेशबाट पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउने अधिकारको सुनिश्चित हुनुपर्ने माग गरेको हो। सो अवशरमा मञ्चले राजदुत क्षेत्रीलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराक द्वारा लिखित समानुपातिक प्रणाली रक्षा गरौं अभियान सम्बन्धी पुस्तिका समेत हस्तान्तरण गरेको थियो।

 

ज्ञापन पत्र बुझाउने कार्यक्रममा संघीय लिम्बुवान सामाजिक मञ्च युएईका प्रमुख सल्लाहकार, नेफिन युएईका अध्यक्ष एवंम् किरात याक्थुङ चुम्लुङ युएईका सल्लाहकार बिक्रम पन्धाक लिम्बु मिसामले आफ्ना कुरा राख्दै प्रवासबाट पनि भोट गर्न पाउने व्यवस्था हुनुपर्ने र युएईको दुबई तथा अन्य इमिरेट्समा पनि दुतावासको व्यवस्था हुनुपर्ने, सम्पर्कमा सहजीकरणको अवस्था सिर्जना गरिनुपर्ने बताए। उनले नेपालमा समानुपातिक प्रणाली हटाउने षडयन्त्र भइरहेको भन्दै आपत्ति जनाए।

मञ्चले लिम्बुवान, खम्बुवान, मधेश, थरुहट, तमुवान, नेवा, मगरात, खसान, ताम्सालिङ, शेर्पालुङसँगै आदिवासी जनजाति, महिला, मुस्लिम, दलित, पछाडि पारिएका वर्ग, समुदायको आवाजलाई सुन्न माग गरेको छ।

 

कार्यक्रममा संघीय लिम्बुवान सामाजिक मञ्च युएईका प्रमुख सल्लाहकार पन्धाकसँगै महासचिव भुमी इधिङ्गो लिम्बु यम्भामी, कोषाध्यक्ष मनिषा खाम्दाक ईङ्गाषा, केन्द्रीय सदस्य यतिमहाङ् मेन्याङ्बो लिम्बु साङ्माङ्थुंग, ताप्लेजुङ समाज सेवा समिति युएईका अध्यक्ष लोकेन्द्र पालुङवा, सुनुवार सेवा समाज युएईका उपाध्यक्ष मनकुमारी सुनुवार लगायतको सहभागिता रहेको संघीय लिम्बुवान सामाजिक मञ्च युएईका महासचिव भूमी इधिङ्गो लिम्बु यम्भामीले बताइन्।

  • Related Posts

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    अजेन्द्र वाईबा तामाङ साउन ११ ,फिदिम पाँचथरको फिदिममा नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी आज देखि सुरु भएको छ। किरात राई यायोक्खाको आयोजनामा तथा नेपाल आदिवासी…

    पाँचथरमा नौमती बाजा सहित बेठि उत्सब मनाए

    अजेन्द्र वाईबा तामाङ साउन ९ ,पाँचथर पाँचथरको फिदिम नगरपालिका–५ मा शनिबार परम्परागत बेठी उत्साहपूर्वक मनाइएको छ। स्थानीय लक्ष्मीप्रसाद चापागाईँको धान रोपाइँलाई सामूहिक श्रम र सांस्कृतिक उत्सवका रूपमा रूपान्तरण गर्दै परिवार,…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु