जैतुन छाँयाकाे आफ्नै मीडिया पार्टनर क्वालिटीयूक्त भएको भन्दै आयोजकले स्थानीय पत्रकारहरुलाई समाचार संकलनमा रोक

पासाङ्ग ल्हामु स्मृति जेसिस सामुदायीक सभाहल धुलावारीमा भएको जैतुन छाँया सिजन ३ एपिसाेड २ काे कार्यक्रममा स्थानीय पत्रकारमाथि अपमान भएको छ ।

आयाेजकबाट यस जैतुन छाँयाकाे आफ्नै मिडिया पाटनर भएको, क्वालिटीयूक्त क्यामेरा भएकोले स्थानीय पत्रकारलाई माेबाइलबाट फाेटाे भिडियो खिचेर कुनै पनि न्यूज पेजमा पाेष्ट नगर्न, स्टेजमा चढ्न समेत बन्देज छ भन्दै अपमानित गरेको हाे ।

असार २४ गते बिर्तामोड नगर ईसाई समाज जवान संगतीको आयोजनामा हुन गएको जैतुन छाँया सिजन–३ एपिसोड–२ कन्सर्ट बिर्तामोडको पपुलर होटलको सभाहलमा भएको भेटघाट तथा पत्रकार सम्मेलनमा स्थानीय पत्रकारलाई असाेज ३ गते हुने जानकारी गराएका थिए ।

त्यस यता स्थानीय अनलाइन न्यूजहरुमा ४ पटकसम्म यस कार्यक्रम सम्बन्धि समाचार सम्प्रेषण भई सकेकाे थियोे ।

बाहिरबाट आएको जैतुन छाँया काे आफ्नै क्वालिटीयूक्त क्यामेरा छ । स्थानीय पत्रकारले माेबाइलबाट फाेटाे खिच्ने काम नगर्नु हाेला र त्यो फाेटाे र भिडियो न्यूज तथा पेजममा पाेष्ट नगर्नु भन्दै कार्यक्रम प्रस्ताेता तथा आयोजक सल्लाहकार पास्टर जाेयल भुजेलले माइकिङ गरेका थिए ।

अहिले माेबाइल पनि क्यामेरासंग प्रतिस्पर्धा गर्न सक्ने माेबाइल कम्पनीले बजारमा ल्याइसकेकाे छ । तर पनि सबैसंग त्यहाँसम्म पुग्ने आर्थिक क्षमता नहुन सक्छ ।
एउटा ठूलो क्यामेरा तेर्साउदैमा उ पत्रकार नहुन सक्छ , उ लाइभ भिडियो खिख्ने भिडियो ग्राफर मात्रै हुनसक्छ । भिडियो ग्राफर र पत्रकारमा फरक छ , पत्रकारसंग सूचना तथा प्रसारण बिभाग र प्रेस काउन्सिल नेपालकाे पूर्ण अधिकारमा सूचना तथ समाचार सम्प्रेषण गरिरहेको हुन्छ ।

प्रेस स्वतन्त्रताको हनन गर्न कसैलाई छुट छैन र पत्रकारले पनि पत्रकार आचारसंहितामा रहेर काम गर्न पर्ने हुन्छ ।

क्वालिटीकै कुरा गर्ने हाे भने त्यति ठूलाे बजेट खर्च गरेर, टिकट शाे प्राेग्राममा के क्वालिटि थियोे र ! नत कार्यक्रमहल ब्यबस्थित थियोे। दर्शकहरु गर्मीले लुथ्रूक्क भिजेको थियोे, बाहिर झ्यालबाट हेर्दा भित्रबाट बाफकाे रापहरु निस्किरहेकाे थियोे ।

स्थानीय ब्याण्डहरुलाई झापा जिल्लाले यत्तिकै सहयोग गर्ने हाे भने बेष्ट क्वालिटिमा कार्यक्रम गरिदिन्छ ।

झापाका पत्रकारहरु यस्ता कार्यहरुप्रति अब पुन नदाेहाेरियाेस् भन्ने आग्रह गरेका छन् ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट