गायक एड्रिन देवान तथा द सोजुनर्स ब्याण्ड बिर्तामोडमा

बिर बहादुर तामाङ, झापा । जैतुन छाँया लाइभ कन्सर्ट (सिजन–३ एपिसोड–२ ) पासाङ्ग ल्हामु स्मृति जेसिस सामुदायीक भवन धुलावारीमा यही असोज ३ बिहीबार हुने निश्चित भएको हुँदा कन्सर्ट लागि प्रमुख व्यक्तित्व नेपाली ईसाई जगतका प्रख्यात गायक एड्रिन देवान तथा द सोजुनर्स ब्याण्ड आज बिर्तामोड आइपुगेका छन् ।

उक्त ब्याण्डलाई आयोजक बिर्तामोड नगर ईसाई जवान संगतीले खादा लगाइदिएर स्वागत गरेका थिए। सो अवसरमा नगर अध्यक्ष गायस शेर्पाले जैतून छायाँ टिमसँग चैत्र महिना देखिको वार्तालाप र प्रार्थनाको कारण हामीले धेरै अघि सुन्दै आएको ब्याण्डसँग सहकार्य गरी आयोजकका रूपमा काम गर्न पाउँदा खुशी व्यक्त गर्दै सबैलाई स्वागत गरेका छन ।

बिर्तामोड ईसाई समाजका अध्यक्ष नरेन राईले एड्रिन देवान तथा द सोजुनर्स ब्याण्डलाई झापामा कन्सर्टका लागि पाउँदा धेरै खुशी लागेको छ, यो कार्यक्रमले इतिहास कोर्ने विश्वास लिएको बताए ।

समाजका प्रमुख सल्लाहकार पास्टर जोएल भुजेलले कन्सर्ट आशिषमय र सफलताका लागि प्रार्थना उपवास समेत बसेको बताउनु भयो। केही समय अघि इभन रानालाई जवान माझ ल्याउँदा धेरै जवानहरूले संसारिक गीत गाउने र सुन्ने आदतबाट फर्किन मदत पुगेको छ भने यस ब्याण्डले झन अर्को प्रेरणा र जीवन रूपान्तरण गर्नेछ भन्ने आशा लिएका छन ।

स्वागत कार्यक्रममा ब्याण्डका प्रमुख व्यक्तित्व एड्रिन देवानले आराधना र सुसमाचारिय संगीत र स्तुतिगानको उत्कृष्ट प्रस्तुतीद्वारा नेपालका विभिन्न सहरहरूमा बसोबास गर्ने साथै विश्वभरि नेपाली भाषा बोल्ने ईसाई समुदायमा, जोहरू कामले दबिएको, शहरको द्रुत गतिमा, बेचैन, व्यस्त जीवनहरू जीइ राख्नु भएका छन्, वहाँहरूलाई आराधना र ख्रीष्टको सेवामा नवीकरण गराउनका साथै हराएका आत्माहरूलाई पनि ख्रीष्टमा ल्याउन अस्तित्वमा रहेको बताएका छन ।

आयोजकका समुहका अनुसार १२ सय टिकट बिक्री भइसकेको साथै आउट डोर टिकट १ सय बाँकी रहेको जानकारी गराएको छ।

  • Related Posts

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना

    टेक्सास । अमेरिकाको टेक्सास राज्यस्थित फोर्ट वर्थ शहरमा नेपाली स्वाद, संस्कृति र मसिनो मसलाको सुगन्ध फैलाइरहेका छन्, एक उर्जावान नेपाली युवा शेफ निश्चल ढुङ्गाना । सामान्य परिवारबाट उठेर अन्तर्राष्ट्रिय खाद्य…

    “बाटो पनि अधुरो, पानी पनि बन्द — मेहेलेका जनता प्यासै, विद्यालयसमेत संकटमा”

      ताप्लेजुङ २०८३ जेष्ठ १० ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं. ६ मेहेलेमा सडक निर्माणको नाममा भएको लापरवाहीका कारण स्थानीय बासिन्दा मात्रै होइन, विद्यालयसमेत गम्भीर खानेपानी संकटमा परेको छ। मेहेले भञ्ज्याङ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना