नेकपा एमालेका सुहाङ नेम्वाङ इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

जिल्ला संवाददाता, इलाम | इलाम क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई झण्डै ६ हजार मतले पराजित गर्दै नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधिसभामा निर्वाचित भएका छन्।

निर्वाचन आयोगका अनुसार नेम्बाङले ६८ हजार ४७२ वैध मतमध्ये २७ हजार ७ सय ७२ मत ल्याएर २१ हजार ९४२ मत प्राप्त गरेका खड्कालाई ५ हजार ८३० मतले पछि पारेका छन्।

स्वतन्त्र उम्मेदवार डाकेन्द्र सिंह थेगिम लिम्बु ११ हजार ४५७ मतका साथ तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु ५ हजार ५० मत ल्याएर चौथो स्थानमा रहे।

शीर्ष तीन बाहेकका सबै उम्मेदवारले वैध मतको १० प्रतिशत ल्याएर आफ्नो धरौटी जोगाउन सकेनन्।

इलाम–२ मा शनिबार भएको उपनिर्वाचनमा कुल ६९ हजार २८७ मत खसेको छ । निर्वाचन क्षेत्रमा एक लाख १५ हजार ८८९ मतदाता छन्।

सुहाङका बुबा एमालेका सुवास नेम्वाङ २०२२ नोभेम्बरमा इलाम–२ बाट कांग्रेसका खड्कालाई थोरै मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए। नेम्वाङले ३० हजार २० मत पाएका छन् भने खड्काले २९ हजार ९०६ मत पाएका छन् । त्यसबेला खड्का सत्तारुढ गठबन्धनका साझा उम्मेदवार थिए।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु