अजेन्द्र वाईबा तामाङ
असाेज २,पाँचथर
संविधान दिवस, २०८३ को अवसरमा जिल्ला मूल समारोह समिति, पाँचथरको आयोजनामा तीनदिने कार्यक्रम सुरु भएको छ। कार्यक्रमअन्तर्गत असोज २ गते जिल्ला अस्पताल पाँचथर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।
सरसफाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बे, फिदिम नगरपालिकाका नगर प्रमुख मित्रप्रसाद काफ्ले, पाँचथर उधाेग बाणिज्य संघका अध्यक्ष नरेन्द्र प्रसाद अधिकारी ,जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिशकुमार कर्ण, सशस्त्र प्रहरी बल, नेपाल नं. २ गुल्म हेक्वा हिमशिखर पाँचथरका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक धनबहादुर मगर, जिल्ला अस्पताल पाँचथरका डा. बुद्धिबहादुर थापालगायत स्थानीय बुद्धिजीवी, भद्रभलाद्मी तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
संविधान दिवसकै अवसरमा असोज ३ गते बिहान ७:३० बजे शनिबारेबाट प्रभातफेरि आयोजना गरिने भएको छ। यस्तै, सोही दिन बेलुका ६ बजे गणतन्त्र चोकमा दीप प्रज्वलन कार्यक्रम हुने जिल्ला मूल समारोह समितिले जनाएको छ।
कार्यक्रमको अन्तिम दिन असोज ४ गते जिल्ला अस्पताल परिसरमा सरसफाइ गर्नुका साथै उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिनेछ।
संविधान दिवसलाई विविध सामाजिक तथा जनसहभागितामूलक कार्यक्रमसहित मनाउने तयारी गरिएको आयोजकले जनाएको छ।
ईलामका कलाकार मुकेश र करिश्माकाे कसैको हुन सक्दिन भिडियो सर्बजनिक
निशान निराैला असाेज ५ ईलाम इलामका कलाकार मुकेश गुरुङ र करिश्मा सुनुवारको मुख्य अभिनय रहेको नयाँ म्युजिक भिडियो ‘कसैको हुन सक्दिनँ’ सार्वजनिक भएको छ। प्रेमकथामा आधारित यस म्युजिक भिडियोमा पुनम…

