
अजेन्द्र वाईबा तामाङ
असाेज ४,फिदिम पाँचथर
नेपाली कांग्रेस पाँचथरको १५औँ अधिवेशनअन्तर्गत फिदिम नगरपालिका–१ वडा कार्यसमितिको अधिवेशन सम्पन्न भएको छ। जिल्ला सभापति रूपनारायण जबेगूको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले कृष्णप्रसाद मिश्रको सभापतित्वमा वडा कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
समितिको उपसभापतिमा ज्ञानेन्द्र मैनाली र सीता काफ्ले अधिकारी, सचिवमा कुमार ओझा तथा सहसचिवमा खड्गराज तामाङ चयन भएका छन्। सदस्यहरूमा बेदमाया गुरुङ, मेनुका रिजाल मैनाली, मिहाङ नेम्बाङ, नुवाहाङ नेम्बाङ, प्रेमबहादुर दर्जी, केशर हाङ नेम्बाङ, तुलसी बुढाथोकी र सरद नेम्बाङ चयन भएका छन्।
अधिवेशनले विभिन्न समूह तथा समावेशी संरचनाअन्तर्गत क्षेत्रीय प्रतिनिधिहरूसमेत सर्वसम्मत चयन गरेको छ। खुलातर्फ दुर्गाप्रसाद बास्कोटासहित महिला, युवा, दलित, जनजाति, श्रमिक, द्वन्द्व प्रभावित तथा अन्य समावेशी समूहबाट प्रतिनिधिहरू चयन भएका हुन्।
अधिवेशनबाट चयन भएको नयाँ वडा कार्यसमितिले पार्टीको संगठनलाई थप सुदृढ बनाउँदै स्थानीय तहमा कांग्रेसको गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

