इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला

इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बुधबार दिउँसो करिब ४ः४५ बजे झापाबाट इलामतर्फ आउँदै गरेको WB29B2944 नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडकको दायाँतर्फबाट करिब ५ मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा ट्रकका सहचालक भारत, दक्षिण दिनाजपुर, गंगारामपुर निवासी करिब ३८ वर्षीय सुवास बर्मुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्रक चालक भारत, दक्षिण दिनाजपुर, गंगारामपुर निवासी करिब ३० वर्षीय रबिन बर्मुन र सिन्धुपाल्चोकको चौतारा नगरपालिका–३ का २९ वर्षीय आशबहादुर तामाङ घाइते भएका छन्।

प्रहरीका अनुसार चालक बर्मुनको बाहिरी चोटपटक देखिएको छैन र उनी बोल्न सक्ने अवस्थामा छन्। तामाङको बायाँ हातमा सामान्य चोट लागेको छ। दुवैलाई थप उपचारका लागि अस्पताल पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट