खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् ।

पाँचपोखरी थाङपाल गाउँपालिकास्थित थाङपाल भ्याली माध्यमिक विद्यालयका छात्रछात्राले खाजा खर्च कटाएर प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५४ हजार ५५५ रुपियाँ पठाएको प्रधानाध्यपक राजु तामाङले बताउनुभयो । विद्यालयमा रहेको बाल क्लबको सक्रियतामा विद्यार्थीहरूले खाजाको पैसा सहयोग गरेका हुन् ।

मेलम्ची नगरपालिकास्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयका छात्रछात्राहरूले खाजा खर्च कटाएर कोषमा १५ हजार पाँच सय १५ रुपियाँ पठाएको शिक्षक लेखनाथ भट्टराईले जानकारी दिनुभयो ।

बाढीप्रभावितको घाउमा थोरै भएपनि राहत होस् भन्ने उद्देश्यले दैनिक खाजा खर्च कटाएर उक्त सहयोग गरिएको उहाँले बताउनुभयो ।

यसैगरी चौतारा साँगचोकगढी नगरपालिकास्थित श्री कृष्णरत्नगंगा माध्यमिक विद्यालयका विद्यार्थीहरूले पनि १८ हजार रुपियाँ कोषमा पठाएका छन् ।

कक्षा ५ देखि १० सम्मका छात्रछात्राहरूले उक्त रकम संकलन गरेर कोषमा पठाएका हुन् । सिन्धुपाल्चोकका विभिन्न विद्यालय, संघसंस्था, स्थानीय तहहरूले कोषमा सहयोग रकम पठाएका छन् ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु