जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ ।

कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट भएर तनाव उत्पन्न हुन पुगेको हो । स्थिति नियन्त्रणमा लिन कारागार प्रशासन र सुरक्षाकर्मीले हस्तक्षेप गरी चौकीदार विशाल निरौलासहित १८ जनालाई बाहिर निकालेका हुन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङ लगिएको कारागार प्रशासनले जनाएको छ ।

कारागार प्रशासक राजन घिमिरेका अनुसार घटनापछि बाहिर निकालिएका कैदीबन्दीलाई तत्काल कारागारभित्रै राख्ने अवस्था नरहेकाले अन्यत्र स्थानान्तरण गर्ने तयारी भइरहेको छ । उनीहरूलाई कुन कारागारमा पठाउने भन्ने निर्णय भइसकेको छैन । कारागार स्रोतका अनुसार केही समयदेखि ‘बी ब्लक’मा रहेका कैदीबन्दीको गतिविधिलाई लिएर विवाद हुँदै आएको थियो । कारागारभित्र अराजक गतिविधि गर्ने केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी गरेपछि उनीहरूले ‘बी ब्लक’ कब्जा गरेको स्रोतको दाबी छ ।

 

कैदीबन्दीले ब्लकभित्रबाटै ताला लगाएपछि केही समय प्रशासनले हस्तक्षेप गर्न सकेको थिएन । त्यही विषयलाई लिएर कारागारभित्रै दुई पक्षबीच विवाद चर्किएको र शुक्रबार कुटाकुटको अवस्था सिर्जना भएको घिमिरेले बताए । स्रोतका अनुसार ‘बी ब्लक’ कब्जा गरेर बसेका कैदीबन्दीलाई अन्य कैदीबन्दीले कुटपिट गर्दै बाहिर निकालेका हुन् । घटनापछि सुरक्षाकर्मीको टोली कारागारभित्र पुगेको थियो । बाहिर निकालिएका १८ जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय लगिएको हो । कारागार स्रोतले बाहिर निकालिएकामध्ये अधिकांश आपराधिक पृष्ठभूमिका अभिषेक गिरीका समर्थक रहेको दाबी गरेको छ । गिरीको निर्देशनमा चौकीदारसहित केही कैदीबन्दीले ‘बी ब्लक’ नियन्त्रणमा लिएको बताइन्छ ।

कैदीबन्दीको सरकारी भत्तासम्बन्धी रकम आफैंले लिएको आरोपमा गिरीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । उक्त आरोपमा पक्राउ परेका गिरी अदालतको आदेशपछि रिहा भइसकेका छन् । यद्यपि, उनीमाथिको अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ । कारागारभित्र ‘बी ब्लक’ नियन्त्रणमा लिएर अन्य कैदीबन्दीलाई धम्क्याउने, यातना दिने तथा रकम असुल्ने गरेको आरोपसमेत लागिरहेको छ । यही विषयलाई लिएर असन्तुष्ट रहेका कैदीबन्दीले गिरी पक्षका कैदीबन्दीलाई कुटपिट गरी सुरक्षाकर्मीको जिम्मा लगाएको स्रोतले जनायो ।

घटनामा कुनै कैदीबन्दीलाई चोटपटक नलागेको कारागार प्रशासक घिमिरेले बताए । तर, विवादमा संलग्नलाई पुनः सोही कारागारमा राख्दा सुरक्षा चुनौती उत्पन्न हुनसक्ने देखिएपछि बाहिर निकालिएकालाई अन्य कारागारमा स्थानान्तरण गर्ने तयारी गरिएको उनको भनाइ छ ।
घटनापछि कारागारको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । कारागारभित्रको विवादको वास्तविक कारण र घटनामा संलग्न कैदीबन्दीको भूमिकाका बारेमा थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु