जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

राज याक्खा/ताप्लेजुङ्

फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवाद सर्वोच्च अदालत सम्म पुगेको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेको निवेदक सञ्जय लिम्बू सुब्बाको दाबी र नगरपालिकाले समिति गठन प्रक्रिया पूरा नभएको भन्दै समितिबाट हुने कामकारबाही रोक्न विद्यालयलाई गरेको पत्राचारबीचको विवादमा सर्वोच्च अदालतले तत्कालका लागि सुब्बाको पक्षमा अन्तरिम आदेश जारी गरेको हो।

सर्वोच्च अदालतमा दायर रिट निवेदनमा निवेदक सञ्जय लिम्बु सुब्बाले २०८३ साल वैशाख १५ गते अभिभावक भेलाबाट जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन भएको दाबी गरेका छन्। अध्यक्ष चयन भएपछि समितिले निरन्तर रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको अवस्थामा २०८३ साल साउन १२ गते फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनले विद्यालयलाई पत्र पठाउँदै विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया पूरा नभएको जानकारी गराएका थिए।

नगरपालिकाले विद्यालयलाई पठाएको उक्त पत्रमा विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया सम्पन्न नभएसम्म विद्यालय व्यवस्थापन समितिबाट सम्पादन गर्नुपर्ने कामहरू गर्न–गराउन नमिल्ने उल्लेख गरिएको थियो।

नगरपालिकाको उक्त पत्रलाई चुनौती दिँदै सञ्जय लिम्बु सुब्बाले सर्वोच्च अदालतमा उत्प्रेषणसम्बन्धी रिट निवेदन दायर गरी अन्तरिम आदेशसमेत माग गरेका थिए।

त्यसपछि सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले २०८३ साल साउन २५ गते आदेश जारी गर्दै फुङ्लिङ नगरपालिकाको च.नं. ११३, मिति २०८३/०४/१२ को पत्र अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्न–नगराउन अन्तरिम आदेश दिएको छ।

  • Related Posts

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    तामाङ भाषा शिक्षा सम्बन्धि प्रादेशिक उद्घाटन कार्यक्रम सम्पन्न

    अजेन्द्र वाईबा तामाङ असाेज २८,सिन्धुपाल्चोक काठमाडौँ विश्वविद्यालयको आयोजना तथा नेपाल तामाङ घेदुङ र गोले तामाङ वंश उत्थान समाजको सहआयोजनामा सिन्धुपाल्चोक जिल्लाको थाङ्पाल पाँचपोखरी गाउँपालिका–५, पाँचपोखरीमा असोज २६, २७ र २८…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित