जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

राज याक्खा/ताप्लेजुङ्

फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवाद सर्वोच्च अदालत सम्म पुगेको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेको निवेदक सञ्जय लिम्बू सुब्बाको दाबी र नगरपालिकाले समिति गठन प्रक्रिया पूरा नभएको भन्दै समितिबाट हुने कामकारबाही रोक्न विद्यालयलाई गरेको पत्राचारबीचको विवादमा सर्वोच्च अदालतले तत्कालका लागि सुब्बाको पक्षमा अन्तरिम आदेश जारी गरेको हो।

सर्वोच्च अदालतमा दायर रिट निवेदनमा निवेदक सञ्जय लिम्बु सुब्बाले २०८३ साल वैशाख १५ गते अभिभावक भेलाबाट जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन भएको दाबी गरेका छन्। अध्यक्ष चयन भएपछि समितिले निरन्तर रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको अवस्थामा २०८३ साल साउन १२ गते फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनले विद्यालयलाई पत्र पठाउँदै विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया पूरा नभएको जानकारी गराएका थिए।

नगरपालिकाले विद्यालयलाई पठाएको उक्त पत्रमा विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया सम्पन्न नभएसम्म विद्यालय व्यवस्थापन समितिबाट सम्पादन गर्नुपर्ने कामहरू गर्न–गराउन नमिल्ने उल्लेख गरिएको थियो।

नगरपालिकाको उक्त पत्रलाई चुनौती दिँदै सञ्जय लिम्बु सुब्बाले सर्वोच्च अदालतमा उत्प्रेषणसम्बन्धी रिट निवेदन दायर गरी अन्तरिम आदेशसमेत माग गरेका थिए।

त्यसपछि सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले २०८३ साल साउन २५ गते आदेश जारी गर्दै फुङ्लिङ नगरपालिकाको च.नं. ११३, मिति २०८३/०४/१२ को पत्र अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्न–नगराउन अन्तरिम आदेश दिएको छ।

  • Related Posts

    पाँचथर काङ्ग्रेसको जिल्ला संयोजकमा डेकेन्द्र कुमार तामाङ मनोनीत

    अजेन्द्र वाईबा तामाङ भदौ ३० मंगलबार पाँचथर नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिको पाँचथर जिल्ला संयोजकमा डेकेन्द्र कुमार तामाङ मनोनीत भएका छन्। नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा १५औँ महाधिवेशन तयारी…

    नागरिक सुनुवाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न

    अजेन्द्र वाईबा तामाङ भदौ २९ पाँचथर पाँचथरको मिक्लाजुङ गाउँपालिका–२, सप्तमीस्थित युवा वर्षा माध्यमिक विद्यालयमा नागरिक सुनुवाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरको आयोजना तथा इलाका प्रहरी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    पाँचथर काङ्ग्रेसको जिल्ला संयोजकमा डेकेन्द्र कुमार तामाङ मनोनीत

    पाँचथर काङ्ग्रेसको जिल्ला संयोजकमा डेकेन्द्र कुमार तामाङ मनोनीत