ताप्लेजुङ, साहारा लिम्बू – ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा निर्माण भएको युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले विद्युत परीक्षण उत्पादन सुरु गरेको छ । उत्पादन भएकामध्ये जिल्लाकै दोश्रो ठुलो ५० मेगावट क्षमता भएको युनाइटेड मेवाखोलाले परीक्षण उत्पादनको कार्य सुरु गरेको हो ।
गत चैतमा नै परीक्षण उत्पादन सुरु गरिएपनि असफल भएपछि पुन मर्मत गरिएको हो । मर्मतपछि गत जेठ १३ गतेदेखि परीक्षण उत्पादन सुरु गरिएको आयोजनाका जनसम्पर्क अधिकृत आशलाल केदेम ९आशिष०ले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाबाट उत्पादित विद्युत मैवाखोला गाउँपालिकाको ढुङगेसाँघुमा रहेको सबस्टेसनबाट केन्द्रीय प्रसारण लाइनमा समाहित गरिएको छ ।
हाल परीक्षणका क्रममा रहेकाले स्थानीयलाई खोला तथा ट्रान्समिसन लाइनको आसपासमा नजान आयोजनाले आग्रह गरेको छ । मेरिङदेन गाउँपालिका ३, ४, ५ र मिक्वाखोला गाउँपालिका १ र ३ हुँदै बग्ने मेवाखोलामा पानीको बहाव उत्तारचढाव हुने भएकाले सचेतना अपनाउन आग्रह गरिएको छ । स्थानीयलाई माछा मार्ने, घाँस दाउरा गर्ने, पौडी खेल्ने, खोला तर्ने जस्ता कार्य नगर्न र नगराउन साथै पावरहाउस (विद्युत गृह)देखि ढुङगेसाँघु सव सबस्टेसनसम्मको ट्रान्समिसन तथा हाइटेन्सन लाइनको टावर नछुन, नचढ्न र नजिक नजान अनुरोध गरिएको छ ।
आयोजनाको विद्युत गृह रहेको स्थान मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको माटेदेखि ढुङ्गेसाँघु सबस्टेसनसम्मको दूरी आठ किलोमिटर रहेको छ । जहाँ २८ वटा टावर पोल ९खम्बा० निर्माण गरिएकाले सोको छेउमा नजान आग्रह गरिएको आयोजनाले जनाएको छ । करिब नौ अरबको लागतमा आयोजनाको निर्माण कार्य २०७८ सालबाट सुरु भएको थियो ।



