युनाइटेड मेवाखोला हाइड्रोपावरको विद्युत परीक्षण उत्पादन सुरु

ताप्लेजुङ,   साहारा लिम्बू –  ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा निर्माण भएको युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले विद्युत परीक्षण उत्पादन सुरु गरेको छ । उत्पादन भएकामध्ये जिल्लाकै दोश्रो ठुलो ५० मेगावट क्षमता भएको युनाइटेड मेवाखोलाले परीक्षण उत्पादनको कार्य सुरु गरेको हो ।

 

गत चैतमा नै परीक्षण उत्पादन सुरु गरिएपनि असफल भएपछि पुन मर्मत गरिएको हो । मर्मतपछि गत जेठ १३ गतेदेखि परीक्षण उत्पादन सुरु गरिएको आयोजनाका जनसम्पर्क अधिकृत आशलाल केदेम ९आशिष०ले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाबाट उत्पादित विद्युत मैवाखोला गाउँपालिकाको ढुङगेसाँघुमा रहेको सबस्टेसनबाट केन्द्रीय प्रसारण लाइनमा समाहित गरिएको छ ।

 

हाल परीक्षणका क्रममा रहेकाले स्थानीयलाई खोला तथा ट्रान्समिसन लाइनको आसपासमा नजान आयोजनाले आग्रह गरेको छ । मेरिङदेन गाउँपालिका ३, ४, ५ र मिक्वाखोला गाउँपालिका १ र ३ हुँदै बग्ने मेवाखोलामा पानीको बहाव उत्तारचढाव हुने भएकाले सचेतना अपनाउन आग्रह गरिएको छ । स्थानीयलाई माछा मार्ने, घाँस दाउरा गर्ने, पौडी खेल्ने, खोला तर्ने जस्ता कार्य नगर्न र नगराउन साथै पावरहाउस (विद्युत गृह)देखि ढुङगेसाँघु सव सबस्टेसनसम्मको ट्रान्समिसन तथा हाइटेन्सन लाइनको टावर नछुन, नचढ्न र नजिक नजान अनुरोध गरिएको छ ।

​​​​​​​

आयोजनाको विद्युत गृह रहेको स्थान मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको माटेदेखि ढुङ्गेसाँघु सबस्टेसनसम्मको दूरी आठ किलोमिटर रहेको छ । जहाँ २८ वटा टावर पोल ९खम्बा० निर्माण गरिएकाले सोको छेउमा नजान आग्रह गरिएको आयोजनाले जनाएको छ । करिब नौ अरबको लागतमा आयोजनाको निर्माण कार्य २०७८ सालबाट सुरु भएको थियो ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु