युनाइटेड मेवाखोला हाइड्रोपावरको विद्युत परीक्षण उत्पादन सुरु

ताप्लेजुङ,   साहारा लिम्बू  ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा निर्माण भएको युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले विद्युत परीक्षण उत्पादन सुरु गरेको छ । उत्पादन भएकामध्ये जिल्लाकै दोश्रो ठुलो ५० मेगावट क्षमता भएको युनाइटेड मेवाखोलाले परीक्षण उत्पादनको कार्य सुरु गरेको हो ।

 

गत चैतमा नै परीक्षण उत्पादन सुरु गरिएपनि असफल भएपछि पुन मर्मत गरिएको हो । मर्मतपछि गत जेठ १३ गतेदेखि परीक्षण उत्पादन सुरु गरिएको आयोजनाका जनसम्पर्क अधिकृत आशलाल केदेम ९आशिष०ले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाबाट उत्पादित विद्युत मैवाखोला गाउँपालिकाको ढुङगेसाँघुमा रहेको सबस्टेसनबाट केन्द्रीय प्रसारण लाइनमा समाहित गरिएको छ ।

 

हाल परीक्षणका क्रममा रहेकाले स्थानीयलाई खोला तथा ट्रान्समिसन लाइनको आसपासमा नजान आयोजनाले आग्रह गरेको छ । मेरिङदेन गाउँपालिका ३, ४, ५ र मिक्वाखोला गाउँपालिका १ र ३ हुँदै बग्ने मेवाखोलामा पानीको बहाव उत्तारचढाव हुने भएकाले सचेतना अपनाउन आग्रह गरिएको छ । स्थानीयलाई माछा मार्ने, घाँस दाउरा गर्ने, पौडी खेल्ने, खोला तर्ने जस्ता कार्य नगर्न र नगराउन साथै पावरहाउस (विद्युत गृह)देखि ढुङगेसाँघु सव सबस्टेसनसम्मको ट्रान्समिसन तथा हाइटेन्सन लाइनको टावर नछुन, नचढ्न र नजिक नजान अनुरोध गरिएको छ ।

​​​​​​​

आयोजनाको विद्युत गृह रहेको स्थान मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको माटेदेखि ढुङ्गेसाँघु सबस्टेसनसम्मको दूरी आठ किलोमिटर रहेको छ । जहाँ २८ वटा टावर पोल ९खम्बा० निर्माण गरिएकाले सोको छेउमा नजान आग्रह गरिएको आयोजनाले जनाएको छ । करिब नौ अरबको लागतमा आयोजनाको निर्माण कार्य २०७८ सालबाट सुरु भएको थियो ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट