बिर्तामोडका डा न्स बारहरुमा सर्च अपरेशन , करिव एक दर्जन पक्राउ

रातभरि संचालन गरेर लफडा गर्दै आएका बिर्तामोडका सबै डान्स बारहरुमा प्रहरीले सर्च अपरेशन गरेको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकको नेतृत्वमा खटिएको प्रहरी टोलीले तृष्णा , दुर्गा, डी डब्लु , नाइट लाइफ , लोटस , हाइप , जन्नत, गन्तव्यलगायत सबैडा न्स बारहरुमा सर्च अपरेशन गरेको हो । त्यसक्रममा करिव एक दर्जन पक्राउ परेका छन् ।

जन्नत र गन्तव्य बन्द रहेको जनाइएको छ ।अन्य डान्स बारहरु रातभरि संचालन भइरहेका थिए । डान्स बारहरुलाई राति ११ बजेसम्म संचालन गर्ने समय दिइएको छ । तर , बिर्तामोडका अधिकांश डान्स बारहरु रातभरि संचालन गर्ने गरेको पाइएको छ ।

बिर्तामोड प्रहरीको कमाण्ड सम्हाल्नेबित्तिकै डीएसपी पाठकले कडाई गर्न थालेका छन् । उनले कमाण्ड सम्हालेको तीन दिनमा बिर्तामोडका स्पा तथा मसाज सेन्टरहरुमा छापा मारी तीनजनालाई पक्राउ गरेका थिए

  • Related Posts

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    अजेन्द्र वाईबा तामाङ साउन ११ ,फिदिम पाँचथरको फिदिममा नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी आज देखि सुरु भएको छ। किरात राई यायोक्खाको आयोजनामा तथा नेपाल आदिवासी…

    पाँचथरमा नौमती बाजा सहित बेठि उत्सब मनाए

    अजेन्द्र वाईबा तामाङ साउन ९ ,पाँचथर पाँचथरको फिदिम नगरपालिका–५ मा शनिबार परम्परागत बेठी उत्साहपूर्वक मनाइएको छ। स्थानीय लक्ष्मीप्रसाद चापागाईँको धान रोपाइँलाई सामूहिक श्रम र सांस्कृतिक उत्सवका रूपमा रूपान्तरण गर्दै परिवार,…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु