‘ग्याङ्ग’ बनाएर आतङ्क मच्चाउने २५ जना युवा पक्राउ, २१ वटा मोटरसाइकल बरामद

‘किङ अफ बालान’, ‘किङ अफ भगवानपुर’, ‘किङ अफ लहान’ र ‘किलर्स ब्रदर’ जस्ता विभिन्न ग्रुप तथा ग्याङ्गहरूको नाममा सामाजिक शान्ति भङ्ग गर्न खोज्ने २५ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

ती ग्रुपहरूको नाममा टिकटक, फेसबुक तथा अन्य सामाजिक सञ्जालमा युवाहरूको समूह बनाई विभिन्न किसिमका गालीगलौज र धम्कीयुक्त भिडियोहरू पोस्ट गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यस्ता समूहमा आबद्ध युवाहरूले ट्राफिक नियमको पूर्ण उल्लङ्घन गरी बिना हेल्मेट, कागजपत्र साथमा नराखी तथा बिना नम्बर प्लेटको प्रत्येक मोटरसाइकलमा तीन/चार जना सवार भएर राजमार्गमा हो-हल्ला गर्ने गरेका थिए । यसरी सामाजिक शान्ति भङ्ग गरी समाजमा आतङ्क मच्चाइरहेको अवस्थामा सिरहा–चोहर्वा सडक खण्डमा प्रहरीको नियमित चेकजाँचका क्रममा उनीहरू फेला परेका हुन् ।

पक्राउ पर्नेहरूमा सप्तरीको बलान बिहुल गाउँपालिकाका १२ जना, सिरहाको लहान नगरपालिकाका २ जना, विष्णुपुर गाउँपालिकाका ६ जना र भगवानपुर गाउँपालिकाका ५ जना गरी जम्मा २५ जना युवाहरू रहेका छन् । प्रहरीले उनीहरूको साथबाट २१ थान मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबै युवाहरूलाई हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

  • Related Posts

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो

    अजेन्द्र वाईबा तामाङ जेष्ठ २९,पाँचथर कोशी प्रदेश सरकारको ५ लाख रुपैयाँ लगानीमा फिदिम नगरपालिका–१ स्थित पतञ्जलि योग समितिको भवन संरक्षणका लागि निर्माण गरिएको कंक्रिट वाल निर्माण सम्पन्न भएको एक महिना…

    सम्पत्ति विवरण बुझाउने समयअवधि थप

    काठमाडौं – सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने समयअवधि असार मसान्तसम्म थप गरेको छ । आयोगका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार सम्पत्ति विवरण बुझाउनुपर्नेहरु कतिपय विदेशमा रहेका र कतिपयले संकलन गर्न कठिनाइ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो