बोरामा फेला परेकी महिलाको पहिचान खुल्यो, रमा तिवारी रहेको पुष्टि

झापाको दमक नगरपालिका वडा नम्बर १० स्थित सेतिमारी पुलमुनि बोराभित्र फेला परेको महिलाको शवको पहिचान खुलेको छ।

मृतक महिला दमक नगरपालिका वडा नं. ८ बसन्त टोल बस्ने २१ वर्षीया रोमा भन्ने रमा तिवारी रहेको पुष्टि भएको छ। हातमा रहेको ट्याटु र हुलियाका आधारमा मृतकका बुबा नारायण तिवारी र आमा मुना तिवारीले इलाका प्रहरी कार्यालय दमकमा पुगेर शवको सनाखत गरेका हुन्। पारिवारिक स्रोतका अनुसार रमा गत जेठ १३ गते राति अन्दाजी ९:३० बजेको समयमा घरबाट आफूखुसी निस्किएकी थिइन् र त्यसपछि घर फर्किएकी थिइनन्।

हत्या गरेर बोरामा प्याक गरी फालिएको अवस्थामा शव भेटिएकाले घटनालाई अत्यन्तै शङ्कास्पद रूपमा हेरिएको छ। घटनाको वास्तविकता पत्ता लगाउन इलाका प्रहरी कार्यालय दमक र जिल्ला प्रहरी कार्यालय झापाको टोलीले सुक्ष्म अनुसन्धान गरिरहेको छ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु