विपद् उद्धार सम्बन्धी सिमुलेसन कार्यक्रम सम्पन्न

अजेन्द्र वाईबा तामाङ
जेष्ठ ७,पाँचथर
पाँचथरको फिदिम नगरपालिका–४ माझीटार स्थित तमोर नदी किनारमा पाँचथर जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा “विपद् उद्धार सम्बन्धी सिमुलेसन” कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा मित्र प्रसाद काफ्ले उपस्थित रहनुभएको थियो।
सिमुलेसन कार्यक्रममा विपद्का बेला अपनाउनुपर्ने उद्धार तथा सुरक्षा उपायबारे अभ्यास गरिएको थियो। कार्यक्रममा बिरदल गण ओदिन का प्रमुख सेनानी किशोर अधिकारी, जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक अनिस कुमार कर्ण, सशस्त्र प्रहरी बल नेपाल नं.२ गुल्म हेडक्वार्टर जोरसल का सशस्त्र प्रहरी निरीक्षक नरेश राना, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा प्राकृतिक विपद् तथा बाढीजन्य घटनाका समयमा गरिने उद्धार कार्य, समन्वय, प्राथमिक उपचार तथा सुरक्षित स्थानान्तरणका विषयमा व्यवहारिक अभ्यास प्रदर्शन गरिएको थियो। सहभागीहरूले यस्ता अभ्यासले विपद्का समयमा जनधनको क्षति न्यूनीकरण गर्न महत्वपूर्ण सहयोग पुग्ने बताएका छन्।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर काफ्लेले विपद् व्यवस्थापनमा सबै निकायबीच समन्वय र पूर्वतयारी आवश्यक रहेको बताउनुभयो। अध्यक्षता गर्दै प्रमुख जिल्ला अधिकारी दाहालले विपद् जोखिम न्यूनीकरणका लागि यस्ता सिमुलेसन कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु