विपद् उद्धार सम्बन्धी सिमुलेसन कार्यक्रम सम्पन्न

अजेन्द्र वाईबा तामाङ
जेष्ठ ७,पाँचथर
पाँचथरको फिदिम नगरपालिका–४ माझीटार स्थित तमोर नदी किनारमा पाँचथर जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा “विपद् उद्धार सम्बन्धी सिमुलेसन” कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा मित्र प्रसाद काफ्ले उपस्थित रहनुभएको थियो।
सिमुलेसन कार्यक्रममा विपद्का बेला अपनाउनुपर्ने उद्धार तथा सुरक्षा उपायबारे अभ्यास गरिएको थियो। कार्यक्रममा बिरदल गण ओदिन का प्रमुख सेनानी किशोर अधिकारी, जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक अनिस कुमार कर्ण, सशस्त्र प्रहरी बल नेपाल नं.२ गुल्म हेडक्वार्टर जोरसल का सशस्त्र प्रहरी निरीक्षक नरेश राना, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा प्राकृतिक विपद् तथा बाढीजन्य घटनाका समयमा गरिने उद्धार कार्य, समन्वय, प्राथमिक उपचार तथा सुरक्षित स्थानान्तरणका विषयमा व्यवहारिक अभ्यास प्रदर्शन गरिएको थियो। सहभागीहरूले यस्ता अभ्यासले विपद्का समयमा जनधनको क्षति न्यूनीकरण गर्न महत्वपूर्ण सहयोग पुग्ने बताएका छन्।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर काफ्लेले विपद् व्यवस्थापनमा सबै निकायबीच समन्वय र पूर्वतयारी आवश्यक रहेको बताउनुभयो। अध्यक्षता गर्दै प्रमुख जिल्ला अधिकारी दाहालले विपद् जोखिम न्यूनीकरणका लागि यस्ता सिमुलेसन कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट