बाँदर भगाउने प्रविधि संसारभर छैन : महावीर पुन

काठमाडौँ  – स्वतन्त्र सांसद महावीर पुनले बाँदर भगाउने प्रविधि संसारभर नभएको बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले संसारमा कुनै पनि वैज्ञानिकले अहिलेसम्म बाँदर आतंक रोक्ने प्रविधि बनाउन नसकेको दाबी गरे।

पुनले बरु रकेट सजिलो रहेको बाँदर भगाउन त्यति सजिलो नभएको बताए। ‘रकेट बनाउन सजिलो छ। त्यसको टेक्नोलोजी छ’, उनले भने, तर बाँदर भगाउने टेक्नोलोजी संसारभर छैन।’

उनले संसदमा सांसदहरूले अहिले उठाउनुभन्दा सात वर्षअघि नै यसबारे कुरा उठाएको र बाँदर आतंक कम गर्ने प्रविधि बनाउन खोजेको तर रकम अभावमा नसकेको बताए।

‘बाँदर आतंकको कुरा सबै सांसदले उठाउनु भएको छ। मैले सात वर्षअघि नै उठाएको पनि हो। बाँदर आतंक कम गर्ने प्रविधि बनाउन प्रयास गरेको पनि हो। राष्ट्रिय आविष्कार केन्द्रले ५०\६० लाख रुपैया उठाएर काम गर्न खोजेको पनि हो’, उनले भने।

पुनले संसदमा कराएर मात्र बाँदर आंतक अन्त्य नहुने भन्दै यसका लागि अनुसन्धान गर्नुपर्ने बताए। यसका लागि पाँच(सात करोड रुपैयाँ छुट्याउनुपर्ने उनले बताए।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु