फिदिम–लुङरूपा–गोरूवाले–सन्दकपुर सडकअन्तर्गत नाम्दु खोलामा पुल निर्माण अन्तिम चरणमा

अजेन्द्र वाईबा तामाङ
चैत १४,पाँचथर
फिदिम–लुङरूपा–गोरूवाले–सन्दकपुर सडक खण्डअन्तर्गत पर्ने नाम्दु खोलामा निर्माणाधीन पुलको काम अन्तिम चरणमा पुगेको छ।
फिदिम नगरपालिका वडा नं. १ र फिदिम नगरपालिका वडा नं. ७ को संगम स्थल भएर बग्ने नाम्दु खोलामा पहिलो पटक पक्की पुल निर्माण भइरहेको हो। पूर्वाधार कार्यालय पाँचथरको आयोजनामा सञ्चालित यस परियोजनाको निर्माण कार्य संजिव निर्माण सेवा प्रा. लि., फिदिम पाँचथरले गरिरहेको छ।
करिब ३ करोड ४५ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको पुल आगामी २०८३ साल जेष्ठ महिनाभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ।
स्थानीयवासीका अनुसार पुल निर्माण सम्पन्न भएपछि यस सडक खण्डमा आवतजावत सहज हुने मात्र नभई फिदिम हुँदै लुङरूपा ,गाेरूवाले,सन्दकपुर जाने यात्रामा समेत ठूलो सहजता आउनेछ। विशेषगरी वर्षायाममा खोलाको बहाव बढ्दा यातायात अवरुद्ध हुने समस्या अन्त्य हुने अपेक्षा गरिएको छ।
पूर्वाधार कार्यालय पाँचथरले निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको र निर्धारित समयभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको जनाएको छ। पुल निर्माण सम्पन्न भएसँगै स्थानीय बासिन्दाले वर्षौंदेखि भोग्दै आएको आवागमन समस्या समाधान हुने विश्वास गरिएको छ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु