नेसनल प्याब्सनको जिल्ला स्तरमा ९ सदस्यीय तदर्थ समिति गठन

अजेन्द्र वाईबा तामाङ

पाँचथर फिदिम निजी तथा आवासीय विद्यालय संगठन (नेसनल प्याब्सन) को जिल्ला स्तरमा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ। फिदिम बजारमा आयोजित एक कार्यक्रमका बीच उक्त समिति गठन गरिएको हो। नवगठित समितिको संयोजकमा डि. वी. गुरुङ चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा कृष्ण बस्नेत, उपेन्द्र तावाहाङ, प्रताप सेलिङ, पेम्बा केरुङ, बलबहादुर गुरुङ, घनेन्द्र राई, बिनु शेर्पा र गहेन्द्र लावोती रहेका छन्। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश अध्यक्ष कमल खनाल रहेका थिए। उनले निजी विद्यालयहरूले शिक्षा क्षेत्रमा खेलेको महत्वपूर्ण भूमिकालाई उजागर गर्दै नवगठित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे। समितिको गठनसँगै निजी विद्यालयहरूको हकहित संरक्षण गर्दै शैक्षिक क्षेत्रमा गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य लिइएको छ। साथै, एकीकृत नेतृत्व र समन्वयमार्फत संस्थागत सुधारलाई अगाडि बढाउने, शिक्षा सम्बन्धी नीति निर्माणमा सक्रिय सहभागिता जनाउने तथा विद्यार्थी केन्द्रित शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्य राखिएको छ। नवगठित समितिले पारदर्शिता कायम राख्दै निजी विद्यालयहरूको समग्र विकासका लागि सक्रिय रूपमा कार्य गर्ने प्रतिबद्धता जनाएको छ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट