नेसनल प्याब्सनको जिल्ला स्तरमा ९ सदस्यीय तदर्थ समिति गठन

अजेन्द्र वाईबा तामाङ

पाँचथर फिदिम निजी तथा आवासीय विद्यालय संगठन (नेसनल प्याब्सन) को जिल्ला स्तरमा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ। फिदिम बजारमा आयोजित एक कार्यक्रमका बीच उक्त समिति गठन गरिएको हो। नवगठित समितिको संयोजकमा डि. वी. गुरुङ चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा कृष्ण बस्नेत, उपेन्द्र तावाहाङ, प्रताप सेलिङ, पेम्बा केरुङ, बलबहादुर गुरुङ, घनेन्द्र राई, बिनु शेर्पा र गहेन्द्र लावोती रहेका छन्। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश अध्यक्ष कमल खनाल रहेका थिए। उनले निजी विद्यालयहरूले शिक्षा क्षेत्रमा खेलेको महत्वपूर्ण भूमिकालाई उजागर गर्दै नवगठित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे। समितिको गठनसँगै निजी विद्यालयहरूको हकहित संरक्षण गर्दै शैक्षिक क्षेत्रमा गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य लिइएको छ। साथै, एकीकृत नेतृत्व र समन्वयमार्फत संस्थागत सुधारलाई अगाडि बढाउने, शिक्षा सम्बन्धी नीति निर्माणमा सक्रिय सहभागिता जनाउने तथा विद्यार्थी केन्द्रित शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्य राखिएको छ। नवगठित समितिले पारदर्शिता कायम राख्दै निजी विद्यालयहरूको समग्र विकासका लागि सक्रिय रूपमा कार्य गर्ने प्रतिबद्धता जनाएको छ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु