फिदिम–लुङरूपा–गोरूवाले–सन्दकपुर सडकअन्तर्गत नाम्दु खोलामा पुल निर्माण अन्तिम चरणमा

अजेन्द्र वाईबा तामाङ
चैत १४,पाँचथर
फिदिम–लुङरूपा–गोरूवाले–सन्दकपुर सडक खण्डअन्तर्गत पर्ने नाम्दु खोलामा निर्माणाधीन पुलको काम अन्तिम चरणमा पुगेको छ।
फिदिम नगरपालिका वडा नं. १ र फिदिम नगरपालिका वडा नं. ७ को संगम स्थल भएर बग्ने नाम्दु खोलामा पहिलो पटक पक्की पुल निर्माण भइरहेको हो। पूर्वाधार कार्यालय पाँचथरको आयोजनामा सञ्चालित यस परियोजनाको निर्माण कार्य संजिव निर्माण सेवा प्रा. लि., फिदिम पाँचथरले गरिरहेको छ।
करिब ३ करोड ४५ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको पुल आगामी २०८३ साल जेष्ठ महिनाभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ।
स्थानीयवासीका अनुसार पुल निर्माण सम्पन्न भएपछि यस सडक खण्डमा आवतजावत सहज हुने मात्र नभई फिदिम हुँदै लुङरूपा ,गाेरूवाले,सन्दकपुर जाने यात्रामा समेत ठूलो सहजता आउनेछ। विशेषगरी वर्षायाममा खोलाको बहाव बढ्दा यातायात अवरुद्ध हुने समस्या अन्त्य हुने अपेक्षा गरिएको छ।
पूर्वाधार कार्यालय पाँचथरले निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको र निर्धारित समयभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको जनाएको छ। पुल निर्माण सम्पन्न भएसँगै स्थानीय बासिन्दाले वर्षौंदेखि भोग्दै आएको आवागमन समस्या समाधान हुने विश्वास गरिएको छ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट