झापा ४ मा घण्टीको फराकिलो अग्रता

झापा, २३ फागुन । झापा–४ मा हालसम्मको मतगणनाले निकै रोचक तस्वीर देखाएको छ । ४३ हजार ९११ मत गणना भइसकेको अवस्थामा स्वतन्त्र उम्मेदवार शम्भु ढकाल सुस्केरा घण्टी चिन्हबाट २२ हजार ६९ मतसहित फराकिलो अग्रतामा छन्। एमालेका एलपी साँवा लिम्बू ६ हजार ७२६ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका देउमान थेवे ४ हजार ४३७ मतसहित तेस्रो स्थानमा छन्।

अन्य उम्मेदवारमध्ये श्रम संस्कृति पार्टीकी अमृता देवी राईले ५ हजार ४०९ मत पाएकी छन्। राप्रपाका भक्ति सिटौला, नेकपाका पुरुषोत्तम चुडाल, उज्यालो नेपालका सन्तोष तामाङ लगायतका उम्मेदवारले सयौं मत प्राप्त गरेका छन्।

कुल १ लाख ३० हजार ७१२ मतदाता रहेको यस क्षेत्रमा ८३ हजार ४६६ मत खसेको थियो, जसमा २ हजार ५९२ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। बाँकी मतगणना अझै जारी छ, त्यसैले अन्तिम नतिजा आउन बाँकी छ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु