शीर्ष नेताहरूले कहाँबाट गर्दै छन् मतदान ?

शीर्ष नेताहरूले कहाँबाट गर्दै छन् मतदान ?

दलका शीर्ष नेताहरू मतदानका लागि आ–आफ्नो मतदाता नामावली भएको क्षेत्रमा पुगेका छन् । तर, मतदाता नामावली भएको ठाउँभन्दा फरक क्षेत्रबाट उम्मेदवारी दिएका कारण ६ शीर्ष नेताले आफैँलाई मत दिन पाउँदैनन् ।

कांग्रेस सभापति गगन थापाले काठमाडौं– ३०, मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट भोट हाल्दै छन् । तर, उनले आफूलाई मत दिन पाउँदैनन् । उनी यसपालि सर्लाही ४ बाट उम्मेदवार छन् । कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार थापा बुधबारै काठमाडौं आइपुगेका छन् ।

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका– ९ स्थित कविशिरोमणि मतदान केन्द्रबाट भोट हाल्नेछन् । उनी यसपालि उम्मेदवार भने छैनन् । कांग्रेसकै पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सुर्खेतबाट मतदान गर्नेछन् । उनी पनि उम्मेदवार छैनन् । पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भने मतदानमै सहभागी नहुने भएका छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र (ख)बाट मतदान गर्दै आएका देउवा हाल उपचारका लागि सिंगापुरमा छन् ।

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति स्कुल केन्द्रबाट मतदान गर्नेछन् । तर, उनको उम्मेदवारी भने झापा ५ बाट छ । त्यसैले उनले पनि आफैँलाई भोट दिन पाउनेछैनन् । ओलीको सचिवालयका अनुसार बिहीबार दमकसहित केही मतदान केन्द्रको अनुगमन गरेर मात्रै उनी मतदानका लागि भक्तपुर आउने योजना छ । बिहान साढे ११ बजे मतदान गर्ने सचिवालयले जनाएको छ ।

त्यस्तै, एमाले उपाध्यक्ष विष्णु पौडेलले बुटवलस्थित पश्चिमाञ्चल डिभिजन सडक कार्यालयस्थित मतदान केन्द्रबाट भोट खसाल्दै छन् । उनको उम्मेदवारी यही क्षेत्र समेट्ने रुपन्देही २ मा भएकाले आफूलाई भोट दिन पाउँछन् । एमालेकै महासचिव शंकर पोखरेलले दाङको तुलसीपुर– १९, बिजौरीस्थित जनता विद्यापीठ मतदान केन्द्रबाट भोट हाल्दै छन् । उनको उम्मेदवारी यही क्षेत्र समेट्ने दाङ २ मा भएकाले आफूलाई भोट दिन पाउँछन् । त्यस्तै, एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी दिएको क्षेत्र काठमाडौं ५ मा पर्ने टोखा नगरपालिका– ५ स्थित वडा कार्यालयबाट मतदान गर्दै छन् । उनले पनि आफूलाई मतदान गर्न पाउँछन् ।

नेकपा संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उम्मेदवारी रुकुम पूर्वबाट भए पनि उनको मतदाता नामावली भने चितवन ३ मा छ । जहाँ उनकी छोरीसमेत रहेकी भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल उम्मेदवार छिन् । प्रचण्ड बुधबारै चितवन पुगिसकेका छन् । बिहीबार मत दिएर रुकुम पूर्व जाने कार्यक्रम तय भएको प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।

नेकपाकै सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको भने उम्मेदवारी दिएकै क्षेत्रमा मतदाता नामावली भएकाले आफूलाई भोट दिन पाउँछन् । उनी रौतहट १ बाट उम्मेदवार छन् । नेपाल बिहीबार दिनभर आफ्नै क्षेत्रमा रहने स्वकीय सचिव लक्ष्मण रेग्मीले जानकारी दिए । नेकपाकै सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खानालले इलाम १ नम्बर क्षेत्रमा पर्ने सूर्योदय नगरपालिका– ९ स्थित रम्भोग मतदान केन्द्रबाट भोट हाल्ने स्वकीय सचिव कृष्ण भट्टराईले बताए । खनाल यसपालि चुनावी प्रतिस्पर्धामा भने छैनन् ।

नेकपाका अर्का नेता नारायणकाजी श्रेष्ठको उम्मेदवारी सर्लाही ३ मा छ । तर, उनको मतदाता नामावली गोरखा २ मा छ । श्रेष्ठ मतदानका दिन सर्लाही ३ मै रहने उनको निर्वाचन परिचालनमा खटिएकी पार्टी केन्द्रीय सदस्य आरती लामाले बताइन् । नेकपा प्रचार संयोजक एवं पूर्वसभामुख अग्नि सापकोटाले भने सिन्धुपाल्चोकबाट मतदान गर्ने भएका छन् । उनको मतदाता नामावली सिन्धुपाल्चोक १ मा छ । चुनावमा उम्मेदवारी नदिएका उनी मतदानका लागि सिन्धुपाल्चोक पुगिसकेका छन् । ‘म सिन्धुपाल्चोक आइसकेको छु, यहीँबाट मतदान गर्दै छु,’ सापकोटाले भने ।

रास्वपा सभापति रवि लामिछानेले चितवन २ बाट उम्मेदवारी दिएका छन्, तर उनको मतदाता नामावली काठमाडौं ३ मा छ । त्यसैले उनले आफैँलाई भोट दिन पाउँदैनन् । लामिछानेको सचिवालयका अनुसार उनले बिहान ७ बजे काठमाडौंको महांकालचौरस्थित उपत्यका खानेपानी लिमिटेड मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पनि आफूलाई भोट दिन पाउनेछैनन् । झापा ५ बाट उम्मेदवार रहेका उनको मतदाता नामावली काठमाडौं २ मा छ । बालेनले सिनामंगलस्थित अन्नपूर्ण स्कुलमा रहेको मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गर्ने उनको सचिवालयले जनाएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि आफैँलाई भोट दिन नपाउने नेता हुन् । उनको उम्मेदवारी सप्तरी ३ बाट छ भने मतदाता नामावली मोरङ ५ मा छ । तर, उनले मतदान भने गर्ने पार्टी सचिव शैलेन्द्र शाहले जानकारी दिए । मतदान गरेर सप्तरी ३ फर्किने उनले बताए ।

झापा ३ बाट उम्मेदवारी दिएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने आफैँलाई मत दिन पाउनेछन् । उनले हल्दीबारी– १ स्थित मतदान केन्द्रबाट मत हाल्दै छन् ।

मतदातासूचाीमा नाम भएको क्षेत्रबाट उठेका छन् यी नेता
एमाले उपाध्यक्ष विष्णु पौडेलले बुटवलस्थित पश्चिमाञ्चल डिभिजन सडक कार्यालयस्थित मतदान केन्द्रबाट भोट खसाल्दै छन् । उनको उम्मेदवारी यही क्षेत्र समेट्ने रुपन्देही २ मा भएकाले आफूलाई भोट दिन पाउँछन् । एमालेकै महासचिव शंकर पोखरेलले दाङको तुलसीपुर– १९, बिजौरीस्थित जनता विद्यापीठ मतदान केन्द्रबाट भोट हाल्दै छन् । उनको उम्मेदवारी यही क्षेत्र समेट्ने दाङ २ मा भएकाले आफूलाई भोट दिन पाउँछन् । एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी दिएको क्षेत्र काठमाडौं ५ मा पर्ने टोखा नगरपालिका– ५ स्थित वडा कार्यालयबाट मतदान गर्दै छन् । उनले पनि आफूलाई मतदान गर्न पाउँछन् । त्यस्तै, नेकपाका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि उम्मेदवारी दिएकै क्षेत्रमा मतदाता नामावली भएकाले आफूलाई भोट दिन पाउँछन् । उनी रौतहट १ बाट उम्मेदवार छन् । नेपाल बिहीबार दिनभर आफ्नै क्षेत्रमा रहने स्वकीय सचिव लक्ष्मण रेग्मीले जानकारी दिए । झापा ३ बाट उम्मेदवारी दिएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यसै क्षेत्रअन्तर्गतको हल्दीबारी– १ स्थित मतदान केन्द्रबाट आफैँलाई मत हाल्दै छन् ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट