शीर्ष नेताहरूले कहाँबाट गर्दै छन् मतदान ?

शीर्ष नेताहरूले कहाँबाट गर्दै छन् मतदान ?

दलका शीर्ष नेताहरू मतदानका लागि आ–आफ्नो मतदाता नामावली भएको क्षेत्रमा पुगेका छन् । तर, मतदाता नामावली भएको ठाउँभन्दा फरक क्षेत्रबाट उम्मेदवारी दिएका कारण ६ शीर्ष नेताले आफैँलाई मत दिन पाउँदैनन् ।

कांग्रेस सभापति गगन थापाले काठमाडौं– ३०, मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट भोट हाल्दै छन् । तर, उनले आफूलाई मत दिन पाउँदैनन् । उनी यसपालि सर्लाही ४ बाट उम्मेदवार छन् । कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार थापा बुधबारै काठमाडौं आइपुगेका छन् ।

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका– ९ स्थित कविशिरोमणि मतदान केन्द्रबाट भोट हाल्नेछन् । उनी यसपालि उम्मेदवार भने छैनन् । कांग्रेसकै पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सुर्खेतबाट मतदान गर्नेछन् । उनी पनि उम्मेदवार छैनन् । पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भने मतदानमै सहभागी नहुने भएका छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र (ख)बाट मतदान गर्दै आएका देउवा हाल उपचारका लागि सिंगापुरमा छन् ।

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति स्कुल केन्द्रबाट मतदान गर्नेछन् । तर, उनको उम्मेदवारी भने झापा ५ बाट छ । त्यसैले उनले पनि आफैँलाई भोट दिन पाउनेछैनन् । ओलीको सचिवालयका अनुसार बिहीबार दमकसहित केही मतदान केन्द्रको अनुगमन गरेर मात्रै उनी मतदानका लागि भक्तपुर आउने योजना छ । बिहान साढे ११ बजे मतदान गर्ने सचिवालयले जनाएको छ ।

त्यस्तै, एमाले उपाध्यक्ष विष्णु पौडेलले बुटवलस्थित पश्चिमाञ्चल डिभिजन सडक कार्यालयस्थित मतदान केन्द्रबाट भोट खसाल्दै छन् । उनको उम्मेदवारी यही क्षेत्र समेट्ने रुपन्देही २ मा भएकाले आफूलाई भोट दिन पाउँछन् । एमालेकै महासचिव शंकर पोखरेलले दाङको तुलसीपुर– १९, बिजौरीस्थित जनता विद्यापीठ मतदान केन्द्रबाट भोट हाल्दै छन् । उनको उम्मेदवारी यही क्षेत्र समेट्ने दाङ २ मा भएकाले आफूलाई भोट दिन पाउँछन् । त्यस्तै, एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी दिएको क्षेत्र काठमाडौं ५ मा पर्ने टोखा नगरपालिका– ५ स्थित वडा कार्यालयबाट मतदान गर्दै छन् । उनले पनि आफूलाई मतदान गर्न पाउँछन् ।

नेकपा संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उम्मेदवारी रुकुम पूर्वबाट भए पनि उनको मतदाता नामावली भने चितवन ३ मा छ । जहाँ उनकी छोरीसमेत रहेकी भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल उम्मेदवार छिन् । प्रचण्ड बुधबारै चितवन पुगिसकेका छन् । बिहीबार मत दिएर रुकुम पूर्व जाने कार्यक्रम तय भएको प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।

नेकपाकै सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको भने उम्मेदवारी दिएकै क्षेत्रमा मतदाता नामावली भएकाले आफूलाई भोट दिन पाउँछन् । उनी रौतहट १ बाट उम्मेदवार छन् । नेपाल बिहीबार दिनभर आफ्नै क्षेत्रमा रहने स्वकीय सचिव लक्ष्मण रेग्मीले जानकारी दिए । नेकपाकै सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खानालले इलाम १ नम्बर क्षेत्रमा पर्ने सूर्योदय नगरपालिका– ९ स्थित रम्भोग मतदान केन्द्रबाट भोट हाल्ने स्वकीय सचिव कृष्ण भट्टराईले बताए । खनाल यसपालि चुनावी प्रतिस्पर्धामा भने छैनन् ।

नेकपाका अर्का नेता नारायणकाजी श्रेष्ठको उम्मेदवारी सर्लाही ३ मा छ । तर, उनको मतदाता नामावली गोरखा २ मा छ । श्रेष्ठ मतदानका दिन सर्लाही ३ मै रहने उनको निर्वाचन परिचालनमा खटिएकी पार्टी केन्द्रीय सदस्य आरती लामाले बताइन् । नेकपा प्रचार संयोजक एवं पूर्वसभामुख अग्नि सापकोटाले भने सिन्धुपाल्चोकबाट मतदान गर्ने भएका छन् । उनको मतदाता नामावली सिन्धुपाल्चोक १ मा छ । चुनावमा उम्मेदवारी नदिएका उनी मतदानका लागि सिन्धुपाल्चोक पुगिसकेका छन् । ‘म सिन्धुपाल्चोक आइसकेको छु, यहीँबाट मतदान गर्दै छु,’ सापकोटाले भने ।

रास्वपा सभापति रवि लामिछानेले चितवन २ बाट उम्मेदवारी दिएका छन्, तर उनको मतदाता नामावली काठमाडौं ३ मा छ । त्यसैले उनले आफैँलाई भोट दिन पाउँदैनन् । लामिछानेको सचिवालयका अनुसार उनले बिहान ७ बजे काठमाडौंको महांकालचौरस्थित उपत्यका खानेपानी लिमिटेड मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पनि आफूलाई भोट दिन पाउनेछैनन् । झापा ५ बाट उम्मेदवार रहेका उनको मतदाता नामावली काठमाडौं २ मा छ । बालेनले सिनामंगलस्थित अन्नपूर्ण स्कुलमा रहेको मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गर्ने उनको सचिवालयले जनाएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि आफैँलाई भोट दिन नपाउने नेता हुन् । उनको उम्मेदवारी सप्तरी ३ बाट छ भने मतदाता नामावली मोरङ ५ मा छ । तर, उनले मतदान भने गर्ने पार्टी सचिव शैलेन्द्र शाहले जानकारी दिए । मतदान गरेर सप्तरी ३ फर्किने उनले बताए ।

झापा ३ बाट उम्मेदवारी दिएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने आफैँलाई मत दिन पाउनेछन् । उनले हल्दीबारी– १ स्थित मतदान केन्द्रबाट मत हाल्दै छन् ।

मतदातासूचाीमा नाम भएको क्षेत्रबाट उठेका छन् यी नेता
एमाले उपाध्यक्ष विष्णु पौडेलले बुटवलस्थित पश्चिमाञ्चल डिभिजन सडक कार्यालयस्थित मतदान केन्द्रबाट भोट खसाल्दै छन् । उनको उम्मेदवारी यही क्षेत्र समेट्ने रुपन्देही २ मा भएकाले आफूलाई भोट दिन पाउँछन् । एमालेकै महासचिव शंकर पोखरेलले दाङको तुलसीपुर– १९, बिजौरीस्थित जनता विद्यापीठ मतदान केन्द्रबाट भोट हाल्दै छन् । उनको उम्मेदवारी यही क्षेत्र समेट्ने दाङ २ मा भएकाले आफूलाई भोट दिन पाउँछन् । एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी दिएको क्षेत्र काठमाडौं ५ मा पर्ने टोखा नगरपालिका– ५ स्थित वडा कार्यालयबाट मतदान गर्दै छन् । उनले पनि आफूलाई मतदान गर्न पाउँछन् । त्यस्तै, नेकपाका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि उम्मेदवारी दिएकै क्षेत्रमा मतदाता नामावली भएकाले आफूलाई भोट दिन पाउँछन् । उनी रौतहट १ बाट उम्मेदवार छन् । नेपाल बिहीबार दिनभर आफ्नै क्षेत्रमा रहने स्वकीय सचिव लक्ष्मण रेग्मीले जानकारी दिए । झापा ३ बाट उम्मेदवारी दिएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यसै क्षेत्रअन्तर्गतको हल्दीबारी– १ स्थित मतदान केन्द्रबाट आफैँलाई मत हाल्दै छन् ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु