भद्रपुर, ७ पुस । झापाको भद्रपुर नगरपालिका–८ डाँगीबारीमा आइतबार साँझ फोहोर जलाउने क्रममा एक महिला जली घाइते भएकी छन् ।
स्थानीय ३४ वर्षीया रुवी भण्डारीले आफ्नै घर अगाडि जम्मा भएको फोहोर जलाउने क्रममा अचानक कुनै वस्तु (बोतल हुन सक्ने अनुमान) पड्किँदा आगोले उनको शरीरमा भेटिएको थियो । यस घटनामा भण्डारीको दुबै हात, खुट्टा र पेटमा चोटपटक लागेको छ ।
घाइतेलाई तत्कालै उपचारका लागि ओमसाई पाथीभारा अस्पताल भद्रपुरमा ल्याइएको छ । अस्पतालका अनुसार उनको अवस्था मध्यम रहेको बताइएको छ।



