इटहरीमा आफ्नै घरभित्र थुनिएको अवस्थामा एक व्यक्ति मृत्यु फेला

इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर २ स्थित भानुभक्त टोलमा आफ्नै घरभित्र थुनिएको अवस्थामा एक व्यक्तिको मृत्यु भएको छ। केही दिनदेखि घरको ढोका नखुलेको देखेपछि स्थानीय छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए।

खबर प्राप्त हुनासाथ हलगडाबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। त्यसपछि स्थानीय जनप्रतिनिधि, इलाका प्रहरी कार्यालयबाट खटिएको थप प्रहरी टोली तथा मृतककी श्रीमतीको उपस्थितिपछि ढोका फोडेर घरभित्र प्रवेश गरिएको थियो।

ढोका खोलेर हेर्दा मृतकको आधा शरीर शौचालय (टोइलेट) भित्र र आधा बाहिर घोप्टो अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। शव अर्धनग्न अवस्थामा रहेको र केही दिन पुरानो भएकाले फुलेको अवस्थामा भेटिएको बताइएको छ।

मृतक राजेश बिष्ट रहेको र उनको उमेर अन्दाजी ४० देखि ४५ वर्षको बीचमा रहेको स्थानीयले जानकारी दिएका छन्। मृतककी एक छोरी रहेको पनि जनाइएको छ। मृतक र उनकी श्रीमतीबीच सम्बन्ध विच्छेदको अवस्था रहेकाले उनीहरू केही समयदेखि अलग अलग बस्दै आएको स्थानीयको भनाइ छ।

घटनास्थलको अवस्था हेर्दा नुहाउने क्रममा उच्च रक्तचापका कारण लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक आशंका रहेको छ। यद्यपि घटनाको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्र पुष्टि हुने इलाका प्रहरी कार्यालयले जनाएको छ।

  • Related Posts

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    राज याक्खा/ताप्लेजुङ फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनबाट श्री जनता माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय लिम्बू सुब्बालाई कामकाजमा रोक लगाएको पत्राचार पछि सुब्बा सर्वोच्च अदालत पुगेका हो। अदालतले…

    जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

    राज याक्खा/ताप्लेजुङ् फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवाद सर्वोच्च अदालत सम्म पुगेको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेको निवेदक सञ्जय लिम्बू सुब्बाको दाबी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली