जेनजी आन्दोलनको क्रममा फरार कैदी ताप्लेजुङबाट पक्राउ

ताप्लेजुङ, राज याक्खा

जेनजी आन्दोलनको क्रममा काठमाडौँस्थित सुन्धारामा रहेको जगन्थान देवल कारागार कार्यालयबाट फरार भएका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पक्राउ गर्न सफल भएको छ। फरार कैदी मिक्वाखोला गाउँपालिका–१ का प्रदिप लुङ्वा भन्ने शङ्कर लिम्बूलाई ताप्लेजुङबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दामा अदालतबाट १० वर्ष कैद सजाय सुनाइएका ३४ वर्षीय लिम्बू उक्त सजाय भुक्तान गरिरहेका बेला जेनजी आन्दोलनको अव्यवस्थाका क्रममा कारागारबाट फरार भएका थिए। लामो समयदेखि फरार रहेका उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जटाशङ्कर यादवका अनुसार शुक्रबार लिम्बूलाई ताप्लेजुङको फुङलिङ नगरपालिका–५ स्थित बिरेन्द्र चौकबाट पक्राउ गरिएको हो। फरार अभियुक्त लुकिछिपी बसिरहेको अवस्थामा प्रहरी टोलीले घेराबन्दी गरी नियन्त्रणमा लिएको यादवले जानकारी दिनुभयो।

पक्राउपछिको प्रारम्भिक अनुसन्धानमा लिम्बू फरार रहेकै अवस्थामा विभिन्न स्थानमा बसोबास गर्दै आएको खुलेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएसँगै आवश्यक कानुनी प्रक्रिया पूरा गरी बाँकी सजाय भुक्तान गराउन आजै कारागार कार्यालय ताप्लेजुङमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले फरार अभियुक्त तथा कैदीहरूलाई खोजी गरी कानुनी दायरामा ल्याउने अभियानलाई निरन्तरता दिइने स्पष्ट पारेको छ। यस सफलताले कानून कार्यान्वयनमा प्रहरीको सक्रियता र प्रतिबद्धता झल्काएको स्थानीयवासीको प्रतिक्रिया रहेको छ।

प्रहरी प्रशासनले नागरिकलाई शान्ति, सुरक्षा र न्याय दिलाउन निरन्तर प्रयासरत रहने प्रतिबद्धता व्यक्त गर्दै कुनै पनि अपराधी कानूनबाट उम्किन नसक्ने सन्देश दिएको छ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु