श्रीजङ्गा स्पोर्टिङ क्लब सेमिफाइनलमा शानदार विजय

राज याक्खा,

१८औँ अन्तर्राष्ट्रिय आमन्त्रित आत्मानन्द गोल्डकप–२०८२ को पहिलो सेमिफाइनलमा श्रीजङ्गा स्पोर्टिङ क्लबले दुधे युथ क्लबलाई २–१ ले पराजित गर्दै फाइनल पुगेको छ। खेलको १६औँ मिनेटमा दुधेका निमा लामाले पहिलो गोल गरे। त्यसपछि ४५औँ मिनेटमा श्रीजङ्गाका सञ्जय धिमालले बराबरी गोल फर्काए। खेलको ५५औँ मिनेटमा आएको दोस्रो गोलले श्रीजङ्गालाई निर्णायक जित दिलायो। आजको ‘म्यान अफ द म्याच’ श्रीजङ्गाका सौरभ सुब्बा बने।

अघिल्लो वर्षका च्याम्पियन दुधे युथ क्लब यसपटक सेमिफाइनलमै रोकिएको छ।

यस्तै, गोल्डकपको छैटौँ दिन सम्पन्न शिक्षक–स्तरीय मैत्रीपूर्ण फुटबलमा चुलाचुली गाउँपालिकाले चारवटै पालिकालाई पछि पार्दै उपाधि जितेको छ।प्रतियोगिता मङ्सिर ७ गतेबाट जारी भने फाइनल मङ्सिर १७ गते हुने आयोजकले बताइएको छ।

  • Related Posts

    बेंगलुरु लगातार दोस्रो पटक आइपीएलको च्याम्पियन

    गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) लगातार दोस्रो पटक इण्डियन प्रिमियर लिग (आइपीएल)को च्याम्पियन भएको छ। अहमदाबादमा आइतबार राति सम्पन्न फाइनल खेलमा गुजरातलाई ५ विकेटले हराउँदै…

    १६ औँ राष्ट्रपति रनिङ शिल्डमा मैवाखोला प्रथम, फक्ताङलुङ पदक विहीन १६ औँ अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको संयोजन जिम्मा लिएका सिदिङ्वा चौथो स्थान मा

    राज याक्खा, ताप्लेजुङ, माघ २७ गते । १६ औँ राष्ट्रपति रनिङ शिल्ड अन्तरपालिका स्तरीय प्रतियोगितामा मैवाखोला गाउँपालिका प्रथम भएको छ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको केन्द्र साब्लाखुमा सम्पन्न १६ औँ राष्ट्रपति…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    नेपाली कांग्रेस पाँचथरका सह–सचिव गजेन्द्र राई श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने तयारीमा

    नेपाली कांग्रेस पाँचथरका सह–सचिव गजेन्द्र राई श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने तयारीमा