सवारी दुर्घटनामा इलामका दुई युवाको मृत्यु

 सविता पाण्डे ,

इलाम , मंसिर १३ ।  इलाममा शनिबार भएको सवारी दुर्घटनामा परी  दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी  इलाम नगरपालिका  ९ गोलबस्ती बस्ने  २६ बर्षका   डेविट थापा मगर र  माईजोगमाई गाउँपालिका १ नयाँबजार घर भई इलाम बजार  बस्ने १८ बर्षका  छेवाङ शेर्पाको मृत्यु भएको जिल्ला  प्रहरी कार्यलय इलामका सुचना अधिकारी डिएसपी लक्ष्मी भण्डारीले  जानकारी दिनु भएको छ  । करीब ३ बजे मेचिराजमार्गको इलाम  नगरपालिका ९ भञ्ज्याङ गोलाईमा  झापाबाट इलाम तर्फ आउदै गरेको ट्रक र बिपरित दिशा तर्फ जादै गरेको स्कुटर दुर्घटना भएको थियोे । १-०१-००१ ख ४१०१ न.को ट्रक र  प्रदेश १-०१-०१२ प ४८९९ न.को स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार   मगरको पेटमा गम्भिर चोट र   शेर्पाको टाउको र खुट्टामा गम्भिर चोट लागि दुबै जना गम्भिर घाईते भई उपचारको लागि जिल्ला अस्पताल इलाममा ल्याएकोमा उपचारको क्रममा   डाक्टरले दुबै जना घाइतेलाई मृत घोषणा गरेको हो ।   ट्रक चालक इलाम नगरपालिका ५   बिब्ल्याटे बस्ने  २५ बर्षका  राम प्रसाद श्रेष्ठ  जिल्ला प्रहरी कार्यलल इलामको नियन्त्रणमा रहेका छ्न ।

  • Related Posts

    बिर्तामोडका डा न्स बारहरुमा सर्च अपरेशन , करिव एक दर्जन पक्राउ

    रातभरि संचालन गरेर लफडा गर्दै आएका बिर्तामोडका सबै डान्स बारहरुमा प्रहरीले सर्च अपरेशन गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकको नेतृत्वमा खटिएको प्रहरी टोलीले तृष्णा , दुर्गा,…

    नेपाली कांग्रेस पाँचथरका सह–सचिव गजेन्द्र राई श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने तयारीमा

    अजेन्द्र वाईबा तामाङ जेष्ठ २१,पाँचथर नेपाली कांग्रेस पाँचथरका सह–सचिव गजेन्द्र राईले नेपाली कांग्रेस परित्याग गर्दै श्रम संस्कृति पार्टीमा आबद्ध हुने तयारी गरेका छन्। नेपाली कांग्रेसको १४औँ जिल्ला अधिवेशनबाट सह–सचिव पदमा…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    बिर्तामोडका डा न्स बारहरुमा सर्च अपरेशन , करिव एक दर्जन पक्राउ

    बिर्तामोडका डा न्स बारहरुमा सर्च अपरेशन , करिव एक दर्जन पक्राउ