सिदिङवा– भन्ज्याङ बजारमा विद्युत सर्ट हुँदा घर र कार्यालय जलेर नष्ट

राज याक्खा ,

सिदिङवा गाउँपालिका, मंसिर १२, २०८२।

सिदिङवा गाउँपालिकाको भन्ज्याङ बजारमा आज बिहान विद्युत सट भएको कारण लक्ष्मी तामाङको घरमा भीषण आगलागी भएको छ। अचानक लागेको आगो छोटो समयमै फैलिँदा घरको माथिल्लो तला पूर्ण रूपमा नष्ट भएको स्थानीयले जनाएको छ।

आगलागीबाट क्षतिग्रस्त भएको उक्त माथिल्लो तला गाउँपालिकाका उपाध्यक्ष तथा प्रशासकीय अधिकृत बसोबास गर्ने क्वाटर समेत रहेको भाग परेको छ, जसले क्षतिको प्रकृति अझ गम्भीर बनेको छ। साथै, सोही तला भित्र रहेको अफिसियल कागज मिलाउने कार्यालय समेत जलेर पूर्णरूपमा नष्ट भएको छ।

कार्यालयभित्र रहेका कम्प्युटर, डेस्कटप, मोबाइल, फर्निचरलगायतका सामानहरू आगोले जल्दै नष्ट भएका छन्। प्रारम्भिक रूपमै ठूलो भौतिक क्षति देखिए पनि गाउँपालिका र घर–परिवार दुवै पक्षको यकिन क्षतिको विवरण भने आएको छैन।

घटनास्थलमा स्थानीयवासी र सुरक्षाकर्मीहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। क्षतिको सम्पूर्ण विवरण संकलन गर्ने कार्य भईरहेको र आधिकारिक तथ्याङ्क पछि सार्वजनिक गरिने जनाएको छ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु