अलैचि कप २०८२ को उपाधि गणेशचोकलाई 🏆🔥

 राज याक्खा,

ताप्लेजुङ जिल्ला, मिक्वाखोला गाउँपालिका–साँवामा जारी “फङ्फङ्देन झरना पर्यटन तथा सांस्कृतिक मेला–२०८२” को प्रमुख आकर्षणका रूपमा सम्पन्न अलैचि कप फुटबल प्रतियोगिताको उपाधि यस वर्ष पनि गणेशचोक कर्नर टिम, पाँचथर ले उचाल्न सफल भएको छ।

मङ्सिर ७ गतेबाट सुरु भई पाँच दिनसम्म चलेको प्रतियोगिताको रोमाञ्चक फाइनल खेल आज मङ्सिर ११ गते सम्पन्न भयो। फाइनलमा गणेशचोकले हिमाली तोक्पेगोला, ताप्लेजुङ लाई १–० गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो वर्ष च्याम्पियन बन्ने गौरव हासिल गर्‍यो।

खेलको निर्णायक गोल निरोश लिङ्देन ले पहिलो हाफमै गर्दा गणेशचोकले अग्रता कायम राख्न सफल भयो। अन्तिम क्षणसम्म प्रतिद्वन्द्वी टोलीले बराबरी गोल फर्काउने प्रयास गरे पनि गणेशचोकको disciplined खेल, कडा डिफेन्स र रणनीतिक व्यवस्थापनले जित सुरक्षित गर्‍यो।

उपाधिसँगै गणेशचोक कर्नर टिमले नगद रु. ३,०२,०८२ बराबरको अलैचि पुरस्कार प्राप्त गरेको छ। यो जितले गणेशचोक कर्नर टिमको निरन्तर उत्कृष्टता र सफल खेल प्रदर्शनलाई फेरि एकपटक प्रमाणित गरेको छ।

लगातार दोस्रो पटक उपाधि जित्दै टिमले अभूतपूर्व उपलब्धि हासिल गरेको भन्दै खेलकुद प्रेमीहरूद्वारा बधाईका संदेशहरू आइरहेका छन्। 👏🔥

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु