सिदिङ्वामा १८औँ गाउँपालिका स्तरीय अन्तरविद्यालय राष्ट्रपति रनिङशील प्रतियोगिता सुरु, १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको समेत उद्घाटन

राज याक्खा,

ताप्लेजुङ, सिदिङ्वा — सिदिङ्वा गाउँपालिकामा आज १८औँ गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङशील प्रतियोगिता भव्य रूपमा सुरु भएको छ। सोही अवसरमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने राष्ट्रिय अभियानको समेत औपचारिक रूपमा उद्घाटन गरिएको छ।

उद्घाटन समारोहका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष मानबहादुर राई, विशिष्ट अतिथि कृष्णकुमारी कडरिया (बन्दना) तथा अतिथिका रूपमा जिल्ला खेलकुद समितिका अध्यक्ष गणेश माबो सहित गाउँपालिकाका १ देखि ७ नम्बर वडाध्यक्षहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्यसँगै लैङ्गिक हिंसा विरुद्ध सामूहिक स्वर उठाउँदै अभियानको औपचारिक शुभारम्भ गरिएको थियो। कार्यक्रममा गाउँपालिका भरिका विद्यालयका विद्यार्थीहरूले विभिन्न खेलकुद प्रतिस्पर्धामा उत्साहपूर्वक सहभागिता जनाएका छन्।

यस वर्षको राष्ट्रपति रनिङशील प्रतियोगिता हालै निर्माण सम्पन्न सिदिङ्वा रङ्गशालामै आयोजना हुने भएका कारण खेलकुद वातावरण थप उत्साहपूर्ण बनेको छ। आजको सम्पूर्ण कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बद्रीप्रसाद सिटौलाले गर्नुभएको थियो।

 

 

 

  • Related Posts

    पाँचथरको फिदिममा श्रम संस्कृती पार्टी द्वारा बृहत् श्रमदान

    अजेन्द्र वाईबा तामाङ भदौ ६, पाँचथर श्रम संस्कृति पार्टी पाँचथरले फिदिम नगरपालिका वडा नं. १, २ र ४ को संयुक्त आयोजनामा शनिबार श्रमदान कार्यक्रम गरेको छ। ‘आफ्नो गाउँ आफैँ बनाऔँ’…

    सडक सेवाबाट उद्वव प्रसाद अधिकारीको बिदाइ

    अजेन्द्र वाईबा तामाङ भदौ ४,इलाम सडक विभागअन्तर्गत विभिन्न योजना तथा कार्यालयमा तीन दशकभन्दा लामो समय सेवा गर्नुभएका उद्वव प्रसाद अधिकारी सडक डिभिजन कार्यालय इलामबाट सेवाबाट बिदा हुनुभएको छ। वि.सं. २०२५…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    पाँचथरको फिदिममा श्रम संस्कृती पार्टी द्वारा बृहत् श्रमदान

    पाँचथरको फिदिममा श्रम संस्कृती पार्टी द्वारा बृहत् श्रमदान