देउसे नाचबाट उठेको रकमले सिदिङ्वा–३ श्री नव शताब्दी प्रगतिशील युवा परिवारले ध्वनि प्रणाली खरिद

राज याक्खा,

ताप्लेजुङको,सिदिङ्वा गाउँपालिका–३ थुङरुम्बामा अवस्थित श्री नव शताब्दी प्रगतिशील युबा परिवार, जो २०५७ सालमा स्थापना भएको हो, स्थानीय विकास तथा समाजसेवामा सक्रिय रूपमा संलग्न रहँदै आएको छ। २०८२ सालको दीपावलिमा संस्थाका युवाहरूले परम्परागत देउसे नाच आयोजना गरी संकलित रकमबाट क्लब मात्र नभई सिङ्गो सिदिङ्वा गाउँपालिकालाई उपयोगी हुने ध्वनि प्रणाली (Sound System) सफलतापूर्वक खरिद गरेको छ।

ध्वनि प्रणाली स्थानीय सामाजिक, सांस्कृतिक तथा अन्य सार्वजनिक कार्यक्रमहरूमा महत्वपूर्ण आवश्यकता रहेकाले यसले सम्पूर्ण समुदायलाई प्रत्यक्ष लाभ पुर्‍याउने विश्वास संस्थाले व्यक्त गरेको छ।

संस्थामा हाल ४० भन्दा बढी सदस्यहरू सक्रिय रहेका छन् र आगामी दिनहरूमा अझै प्रभावकारी रूपमा समाजसेवा र समुदाय विकासमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ।

देउसे नाचमा सहभागी भई आर्थिक तथा नैतिक रूपमा साथ दिने सहयोगी दाता, स्थानीयवासी तथा शुभेच्छुकहरूलाई संस्थाले हार्दिक धन्यवाद दिएको छ।

  • Related Posts

    पाँचथरको फिदिममा श्रम संस्कृती पार्टी द्वारा बृहत् श्रमदान

    अजेन्द्र वाईबा तामाङ भदौ ६, पाँचथर श्रम संस्कृति पार्टी पाँचथरले फिदिम नगरपालिका वडा नं. १, २ र ४ को संयुक्त आयोजनामा शनिबार श्रमदान कार्यक्रम गरेको छ। ‘आफ्नो गाउँ आफैँ बनाऔँ’…

    सडक सेवाबाट उद्वव प्रसाद अधिकारीको बिदाइ

    अजेन्द्र वाईबा तामाङ भदौ ४,इलाम सडक विभागअन्तर्गत विभिन्न योजना तथा कार्यालयमा तीन दशकभन्दा लामो समय सेवा गर्नुभएका उद्वव प्रसाद अधिकारी सडक डिभिजन कार्यालय इलामबाट सेवाबाट बिदा हुनुभएको छ। वि.सं. २०२५…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    पाँचथरको फिदिममा श्रम संस्कृती पार्टी द्वारा बृहत् श्रमदान

    पाँचथरको फिदिममा श्रम संस्कृती पार्टी द्वारा बृहत् श्रमदान