अन्तराष्ट्रिय आमन्त्रित आत्मानन्द गोल्डकप मा सिरिजङ्गा स्पोटिङ क्लबको विजय सुरु

राज याक्खा, माङसेबुङ इलाम ।   १८ औ संस्करण आत्मानन्द गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता  आज भएको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिका इलामलाई ३–० गोल अन्तरले पराजित गर्दै सिरिजङगा मोरङ सेमिफाइनलमा प्रवेश गरेको हो । इलामको माङसेबुङ ५, स्थित आत्मानन्द रंगशालामा भएको खेलमा सिरिजङगा मोरङको जितमा सञ्जय धिमालले ह्याट्रिक गरे । त्यस्तै  माङसेबुङको लागि ओशन राईले  एक गोल फर्काए । खेलको मेन अफ दी म्याच सिरिजङगा मोरङका सञ्जय धिमाल घोषित भए। फुटबल प्रतियोगिताको उद्घाटन माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले गरेका थिए। यसैगरी मिति २०८२/०८/०८ गते सोमबार दिउँसो २ बजे तिजोक यूवा क्लब पाँचथर र लेटाङ फुटबल क्लब मोरङ विच प्रतिस्पर्धा हुने आयोजक आत्म पवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिएका छन् । अध्यक्ष आङबुहाङका अनुसार प्रतियोगितामा आयोजक युथ अफ माङसेबुङ, माङसेबुङ गाउँपालिका इलाम, तिजोक यूवा क्लब पाँचथर, दुधे यूथ क्लब झापा, लेटाङ फुटबल क्लब मोरङ, सिरिजंगा स्पोर्टिङ क्लब मोरङ, दमक भाङबारी स्पोर्टिङ क्लब झापा र भारतबाट कञ्चनजंघा फुटबल क्लब सिलगुडी पाहुना टोलीको रुपमा सहभागी रहेको छ । विश्व शान्ति र मानव एकताका निम्ति फुटबल भन्ने नाराका साथ मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७२औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८२ को अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ।

  • Related Posts

    १६ औँ राष्ट्रपति रनिङ शिल्डमा मैवाखोला प्रथम, फक्ताङलुङ पदक विहीन १६ औँ अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको संयोजन जिम्मा लिएका सिदिङ्वा चौथो स्थान मा

    राज याक्खा, ताप्लेजुङ, माघ २७ गते । १६ औँ राष्ट्रपति रनिङ शिल्ड अन्तरपालिका स्तरीय प्रतियोगितामा मैवाखोला गाउँपालिका प्रथम भएको छ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको केन्द्र साब्लाखुमा सम्पन्न १६ औँ राष्ट्रपति…

    माघ २५ देखि माङसेबुङमा १६औं पवित्रहाङमा गोल्ड कप सञ्चालन हुने

    राज याक्खा, किरात धर्म गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं जन्मोत्सवको अवसरमा आयोजना गरिने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता ‘१६औं पवित्रहाङमा गोल्ड कप २०८२’ माघ २५ गतेदेखि फागुन ३ गतेसम्म…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    भरोसाको स्तम्भ: नेपालको न्यायपालिका किन अझै जनआस्थाको केन्द्र हो?

    भरोसाको स्तम्भ: नेपालको न्यायपालिका किन अझै जनआस्थाको केन्द्र हो?