‘ईस्ट सुपर स्टार’को चौथो राउण्ड सम्पन्न, अब १६ उत्कृष्ट प्रतिभाको खोजी पाँचौं चरणमा

सारेगम कला केन्द्र, अर्जुनधाराको आयोजनामा पूर्वी नेपालमा जारी रियालिटी शो ‘सिङ्गिङ एण्ड डान्सिङ–ईस्ट सुपर स्टार’को चौथो राउण्ड सम्पन्न भई अब प्रतियोगिता पाँचौं चरणतर्फ अघि बढ्दैछ।

संयोजक सन्तोष आले मगरका अनुसार आगामी मंसिर ६ गते बिर्तामोडमा पाँचौं राउण्ड आयोजना गरिनेछ। सो राउण्डमा गायनतर्फ ८ जना र नृत्यतर्फ ८ जना गरी १६ जना उत्कृष्ट प्रतिभा छनोट गरिनेछन्।

पाँचौं राउण्डअघि शोका सहभागी र अभिभावकसँग आयोजकले छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

मंगलबार (कात्तिक २५ गते) बिर्तामोडमा सम्पन्न उक्त कार्यक्रममा प्रतियोगिताको आगामी चरण, मूल्याङ्कन विधि र प्रस्तुतिका मापदण्डबारे विस्तृत जानकारी गराइएको संयोजक आले मगरले बताए।

आयोजकका अनुसार प्रतियोगितामा उत्कृष्ट प्रतिभा चयनका लागि भोटिङ राउण्डको थालनी भइसकेको छ।

प्रतिभाको मूल्याङ्कनमा ३० प्रतिशत दर्शक मत र ७० प्रतिशत निर्णायकको निर्णयलाई आधार बनाइनेछ।

यसअघि कात्तिक १९ गते अर्जुनधारा नगरपालिका–३, कैदले पर्यटनस्थलस्थित ग्रीनेरी हलमा सम्पन्न चौथो राउण्डमा गायनतर्फ स्वीकृति राजबंशी (घैलाडुब्बा, झापा) र नृत्यतर्फ मनिषा लामा (बिर्तामोड, झापा) ‘Performance of the Round’ घोषित भएका थिए।

‘ईस्ट सुपर स्टार’ साउन ३ गतेदेखि सुरु भएको हो। “जहाँ छ कला र संगीत, त्यहाँ छ सभ्यता र चेतना” भन्ने नारासहित सुरु गरिएको प्रतियोगितामा कोशी प्रदेशका इलाम, झापा, मोरङ, पाँचथर, धनकुटा, संखुवासभा लगायत जिल्लाका साथै भारतका दार्जिलिङ र कालेङपुङ क्षेत्रका प्रतिभाहरू सहभागी छन्।

गायनतर्फ गायक उत्तमजंग लिम्बू र संगीतकार हस्त परियार, नृत्यतर्फ निर्देशक राज सुब्बा लावती र ज्ञानु सुब्बा निर्णायकका रूपमा कार्यरत छन्।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु