झापाको दमक नगरपालिका–२ स्थित पाङ्गिनी चोकमा गएराति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु

झापा, १२ कात्तिक । झापाको दमक नगरपालिका–२ स्थित पाङ्गिनी चोकमा गएराति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा २१ जना घाइते भएका छन् ।

दमकबाट मोरङको टाडीतर्फ जाँदै गरेको करिब ३५ जना सवार बा २ ख १९८३ नम्बरको यात्रुबाहक बस मंगलबार राति ११ः५५ अनियन्त्रित भई सडकको नालीमा पल्टिँदा बसमा सवार मोरङ मिक्लाजुङ गाउँपालिका–३ का ३६ वर्षीय भीमबहादुर मगरको उपचारको क्रममा आम्दा अस्पताल खरखरेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

घाइते २१ जनामध्ये मोरङ मिक्लाजुङ–३ की १७ कि सपना श्रेष्ठबाहेक २० जना आज बिहान दमकस्थित आम्दा अस्पताल खरखरेबाट उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरीले बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा मोरङ मिक्लाजुङ–३ की सीता मगर, उनको छोरा योगेश मगर, सोही स्थानका विपिन श्रेष्ठ, नन्दमाया मगर, आशिन लिम्बू, रामकुमारी मगर, रोनिशा दर्जी, टंक बहादुर गुरुङ, साजन श्रेष्ठ, बिष्णु कुमारी लिम्बू, निकेश भुजेल, शिशिर राई, प्रेम रसाइली, रुपा रसाइली, सन्दिप रसाइली, मिक्लाजुङ–६ का राजन श्रेष्ठ, सोही स्थानकी एन्जिला, पुनम मगर र अनुषा मगर घाइते भएका थिए ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु