झापामा पाक्न लागेको धान धमाधम हात्तीले खान थालेपछि….

झापा, १२ कात्तिक । भारतबाट आएका जङ्गली हात्तीले दुई दिन अघि एकाबिहानै मेचीनगर नगरपालिका–२ मा पाक्न लागेको धान खाइरहेको देखेपछि स्थानीयले लखेट्न सुरु गरे ।

तर पाँच वटाको सङ्ख्यामा रहेका हात्तीलाई मेची नदी तारेर भारत फर्काउन स्थानीयले सकेनन् । हात्ती खेदाउन बच्चादेखि पाकाहरूसम्म गएका थिए । तर हात्तीले घर नजिक बसेर रमिता हेरिरहेका स्थानीय सरस्वती टोल बस्ने १२ वर्षीय आराफ बाँस्तोलालाई लपेट्यो । हात्तीको आक्रमणमा परेर उनी घाइते भए ।

हाल उनको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । गत साता आफ्नै घर अगाडि पूजाका लागि फूल टिप्दै गर्नुभएकी मेचीनगर–६ की ७४ वर्षीया उसिला राईलाई पनि जङ्गली हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो । घाइते राईको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

मेचीनगर–४ स्थितप्रसाद गौँडाबाट दैनिक साँझ नपर्दै हुल बाँधेर नेपाल पस्ने हात्ती बिहान उज्यालो हुने बित्तिकै भारततर्फ फर्कन्छन् । र, कहिलेकाहीँ हुलबाट छुटेका हात्तीले बस्ती पसेर धनजनको क्षति गर्दै आएको घटना धेरै पुरानो भएको छैन ।

बाँस्तोलालाई घाइते बनाएको हात्तीले स्थानीयको पाक्न लागेको एक बिघा जमिनको धानसमेत खाएपछि आक्रोशित बनेका ७५ वर्षीय मदन राईले हात्ती नियन्त्रण गर्न माग गरे । उनले दुःख गरेर किसानले लगाएको बालीनाली हात्तीकै कारण घर भित्र्याउन नपाएको सुनाए ।

“वर्षभरि खानका लागि भनेर दुःख गर्‍र्यो, पाकेर थन्क्याउनै पाइँदैन”, उनले भने, “कि सरकारले नियन्त्रण गर्नुपर्‍यो कि सुरक्षा दिनुपर्‍यो । यस्तै हो भने घरेलु हतियार प्रयोग गरेर भए पनि आफ्नो सुरक्षा गर्नुपर्ने दिन आइसक्यो ।”

मेचीनगर मात्र होइन भद्रपुर नगरपालिका, विर्तामोड, अर्जुनधारा, दमकलगायतका क्षेत्रमासमेत जङ्गली हात्तीको उत्तिकै त्रास छ । भद्रपुर नगरपालिका–१० का ५५ वर्षीया यदुनाथ न्यौपानेले पाक्न लागेको धान रातभर जाग्राम बसेर रुङ्ने गरेको बताए ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट