झापामा पाक्न लागेको धान धमाधम हात्तीले खान थालेपछि….

झापा, १२ कात्तिक । भारतबाट आएका जङ्गली हात्तीले दुई दिन अघि एकाबिहानै मेचीनगर नगरपालिका–२ मा पाक्न लागेको धान खाइरहेको देखेपछि स्थानीयले लखेट्न सुरु गरे ।

तर पाँच वटाको सङ्ख्यामा रहेका हात्तीलाई मेची नदी तारेर भारत फर्काउन स्थानीयले सकेनन् । हात्ती खेदाउन बच्चादेखि पाकाहरूसम्म गएका थिए । तर हात्तीले घर नजिक बसेर रमिता हेरिरहेका स्थानीय सरस्वती टोल बस्ने १२ वर्षीय आराफ बाँस्तोलालाई लपेट्यो । हात्तीको आक्रमणमा परेर उनी घाइते भए ।

हाल उनको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । गत साता आफ्नै घर अगाडि पूजाका लागि फूल टिप्दै गर्नुभएकी मेचीनगर–६ की ७४ वर्षीया उसिला राईलाई पनि जङ्गली हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो । घाइते राईको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

मेचीनगर–४ स्थितप्रसाद गौँडाबाट दैनिक साँझ नपर्दै हुल बाँधेर नेपाल पस्ने हात्ती बिहान उज्यालो हुने बित्तिकै भारततर्फ फर्कन्छन् । र, कहिलेकाहीँ हुलबाट छुटेका हात्तीले बस्ती पसेर धनजनको क्षति गर्दै आएको घटना धेरै पुरानो भएको छैन ।

बाँस्तोलालाई घाइते बनाएको हात्तीले स्थानीयको पाक्न लागेको एक बिघा जमिनको धानसमेत खाएपछि आक्रोशित बनेका ७५ वर्षीय मदन राईले हात्ती नियन्त्रण गर्न माग गरे । उनले दुःख गरेर किसानले लगाएको बालीनाली हात्तीकै कारण घर भित्र्याउन नपाएको सुनाए ।

“वर्षभरि खानका लागि भनेर दुःख गर्‍र्यो, पाकेर थन्क्याउनै पाइँदैन”, उनले भने, “कि सरकारले नियन्त्रण गर्नुपर्‍यो कि सुरक्षा दिनुपर्‍यो । यस्तै हो भने घरेलु हतियार प्रयोग गरेर भए पनि आफ्नो सुरक्षा गर्नुपर्ने दिन आइसक्यो ।”

मेचीनगर मात्र होइन भद्रपुर नगरपालिका, विर्तामोड, अर्जुनधारा, दमकलगायतका क्षेत्रमासमेत जङ्गली हात्तीको उत्तिकै त्रास छ । भद्रपुर नगरपालिका–१० का ५५ वर्षीया यदुनाथ न्यौपानेले पाक्न लागेको धान रातभर जाग्राम बसेर रुङ्ने गरेको बताए ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु