झापाको दमक नगरपालिका–२ स्थित पाङ्गिनी चोकमा गएराति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु

झापा, १२ कात्तिक । झापाको दमक नगरपालिका–२ स्थित पाङ्गिनी चोकमा गएराति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा २१ जना घाइते भएका छन् ।

दमकबाट मोरङको टाडीतर्फ जाँदै गरेको करिब ३५ जना सवार बा २ ख १९८३ नम्बरको यात्रुबाहक बस मंगलबार राति ११ः५५ अनियन्त्रित भई सडकको नालीमा पल्टिँदा बसमा सवार मोरङ मिक्लाजुङ गाउँपालिका–३ का ३६ वर्षीय भीमबहादुर मगरको उपचारको क्रममा आम्दा अस्पताल खरखरेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

घाइते २१ जनामध्ये मोरङ मिक्लाजुङ–३ की १७ कि सपना श्रेष्ठबाहेक २० जना आज बिहान दमकस्थित आम्दा अस्पताल खरखरेबाट उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरीले बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा मोरङ मिक्लाजुङ–३ की सीता मगर, उनको छोरा योगेश मगर, सोही स्थानका विपिन श्रेष्ठ, नन्दमाया मगर, आशिन लिम्बू, रामकुमारी मगर, रोनिशा दर्जी, टंक बहादुर गुरुङ, साजन श्रेष्ठ, बिष्णु कुमारी लिम्बू, निकेश भुजेल, शिशिर राई, प्रेम रसाइली, रुपा रसाइली, सन्दिप रसाइली, मिक्लाजुङ–६ का राजन श्रेष्ठ, सोही स्थानकी एन्जिला, पुनम मगर र अनुषा मगर घाइते भएका थिए ।

  • Related Posts

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना

    टेक्सास । अमेरिकाको टेक्सास राज्यस्थित फोर्ट वर्थ शहरमा नेपाली स्वाद, संस्कृति र मसिनो मसलाको सुगन्ध फैलाइरहेका छन्, एक उर्जावान नेपाली युवा शेफ निश्चल ढुङ्गाना । सामान्य परिवारबाट उठेर अन्तर्राष्ट्रिय खाद्य…

    “बाटो पनि अधुरो, पानी पनि बन्द — मेहेलेका जनता प्यासै, विद्यालयसमेत संकटमा”

      ताप्लेजुङ २०८३ जेष्ठ १० ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं. ६ मेहेलेमा सडक निर्माणको नाममा भएको लापरवाहीका कारण स्थानीय बासिन्दा मात्रै होइन, विद्यालयसमेत गम्भीर खानेपानी संकटमा परेको छ। मेहेले भञ्ज्याङ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना