झापाको फत्तेपुर सीमामा लागुऔषधसहित दुई व्यक्ति नियन्त्रणमा

गौरीगञ्ज, ११ कात्तिक । झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका–५ फत्तेपुर सीमास्थित क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका दुई पैदल यात्रुलाई प्रहरीले लागुऔषधसहित नियन्त्रणमा लिएको छ ।

आज साँझ ४ः३० बजे इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट गस्तीमा खटिएको टोलीले शंका लागी चेकजाँच गर्दा लागुऔषध फेला परेको हो । पक्राउ पर्नेमा झापा दमक नगरपालिका–३ का २७ वर्षीय निमा दोर्जी तामाङ र ३८ वर्षीय सुकबहादुर राई रहेका छन् ।

चेकजाँचको क्रममा निमा दोर्जी तामाङको साथबाट ब्राउन सुगर जस्तो देखिने लिसाइला पदार्थ प्लास्टिकसहित ५ ग्राम १५० मिलिग्राम (प्लास्टिकबाहेक ४ ग्राम ११० मिलिग्राम) फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले लागुऔषधसहित दुबै व्यक्तिलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा ल्याएर थप अनुसन्धान गरिरहेको छ ।

  • Related Posts

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    अजेन्द्र वाईबा तामाङ साउन ११ ,फिदिम पाँचथरको फिदिममा नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी आज देखि सुरु भएको छ। किरात राई यायोक्खाको आयोजनामा तथा नेपाल आदिवासी…

    पाँचथरमा नौमती बाजा सहित बेठि उत्सब मनाए

    अजेन्द्र वाईबा तामाङ साउन ९ ,पाँचथर पाँचथरको फिदिम नगरपालिका–५ मा शनिबार परम्परागत बेठी उत्साहपूर्वक मनाइएको छ। स्थानीय लक्ष्मीप्रसाद चापागाईँको धान रोपाइँलाई सामूहिक श्रम र सांस्कृतिक उत्सवका रूपमा रूपान्तरण गर्दै परिवार,…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु