झापाको फत्तेपुर सीमामा लागुऔषधसहित दुई व्यक्ति नियन्त्रणमा

गौरीगञ्ज, ११ कात्तिक । झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका–५ फत्तेपुर सीमास्थित क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका दुई पैदल यात्रुलाई प्रहरीले लागुऔषधसहित नियन्त्रणमा लिएको छ ।

आज साँझ ४ः३० बजे इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट गस्तीमा खटिएको टोलीले शंका लागी चेकजाँच गर्दा लागुऔषध फेला परेको हो । पक्राउ पर्नेमा झापा दमक नगरपालिका–३ का २७ वर्षीय निमा दोर्जी तामाङ र ३८ वर्षीय सुकबहादुर राई रहेका छन् ।

चेकजाँचको क्रममा निमा दोर्जी तामाङको साथबाट ब्राउन सुगर जस्तो देखिने लिसाइला पदार्थ प्लास्टिकसहित ५ ग्राम १५० मिलिग्राम (प्लास्टिकबाहेक ४ ग्राम ११० मिलिग्राम) फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले लागुऔषधसहित दुबै व्यक्तिलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा ल्याएर थप अनुसन्धान गरिरहेको छ ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु