पुल भन्दा पनि कमजोर योजना !!

– सुरेन्द्र खरेल काजी

५० वर्षअगाडि बनाइएका पुल आज पनि जीवनका पाइलाहरू बोकेर उभिएका छन्, तर नयाँ पुस्ताका पुलहरू बाढीको पहिलो हिलोसँगै ढल्छन्। त्यो केवल संरचनाको हार होइन, सोचको पतन हो।

अबका पुलहरू इस्टिमेट र कमिसनको तालमेलमा जन्मिन्छन्—नक्शा कागजमा बलिया, तर व्यवहारमा भुसको घरझैँ। पानी नआउँदा गर्व गर्छन्, पानी आयो कि सम्झौता गर्छन्।

मेची करिडोरको बेलासे पुल एक दिनको वर्षाले भाँचियो। त्यसले केवल काँक्रो र बालुवा बगाएको होइन, हाम्रो प्रणालीको इज्जत पनि बगायो।

पुल ढलेको होइन, ढलेको त नैतिकता हो।

निर्माणको नाममा कमिशन बाँड्ने मानसिकता नै देशको सबैभन्दा कमजोर संरचना हो।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु