पुल भन्दा पनि कमजोर योजना !!

– सुरेन्द्र खरेल काजी

५० वर्षअगाडि बनाइएका पुल आज पनि जीवनका पाइलाहरू बोकेर उभिएका छन्, तर नयाँ पुस्ताका पुलहरू बाढीको पहिलो हिलोसँगै ढल्छन्। त्यो केवल संरचनाको हार होइन, सोचको पतन हो।

अबका पुलहरू इस्टिमेट र कमिसनको तालमेलमा जन्मिन्छन्—नक्शा कागजमा बलिया, तर व्यवहारमा भुसको घरझैँ। पानी नआउँदा गर्व गर्छन्, पानी आयो कि सम्झौता गर्छन्।

मेची करिडोरको बेलासे पुल एक दिनको वर्षाले भाँचियो। त्यसले केवल काँक्रो र बालुवा बगाएको होइन, हाम्रो प्रणालीको इज्जत पनि बगायो।

पुल ढलेको होइन, ढलेको त नैतिकता हो।

निर्माणको नाममा कमिशन बाँड्ने मानसिकता नै देशको सबैभन्दा कमजोर संरचना हो।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट