झापाको अर्जुनधारा ३ मा रहेको जुकेखाडी सामुदायिक बन उपभोक्ता समूह तथा कैदले पर्यटन ले ३० औं उपभोक्ता भेला सम्पन्न गरेको छ!उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरप्रमुख बलदेव सिंह गोम्देन,बिशिस्ट अतिथि झापाका जिल्ला बन अधिकृत भरत बाबु श्रेष्ठ,संस्थाका पुर्व पदाधिकारीहरु,राजनैतिक दलका प्रतिनिधिहरु,संघ संस्थाका प्रमुख र प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो !पुर्व उपाध्यक्ष द्वय दुर्गा बहादुर कटुवाल र प्रेम कुमार चौहानलाई सम्मान गरिएको थियो!साथै पुर्व कर्मचारीहरु जनक घिमिरे ,युवराज दुलाल,पदम बहादुर तामाङ र अम्बिका श्रेष्ठलाई कदरपत्रद्वारा सम्मान गरियो!
कैदले खानेपानीका अध्यक्ष ढुण्डीराज गौतम,सामुदायिक बन नगर महासंघका अध्यक्ष भानुभक्त श्रेष्ठ ,एमाले जिल्ला सदस्य एकदेव खनाल,DFO भरतबाबु श्रेष्ठ र अर्जुनधाराका मेयर बलदेव सिं गोम्देनले शुभकामना दिएको कार्यक्रममा १०० जना बृद्धबृद्दालाई लठ्ठी टोपी र दोसल्ला ओढाएर सम्मान गर्नुका साथै आजै ज्येष्ठ नागरिक चौतारीको औपचारिक उद्घाटन समेत गरियो!सामुदायिक बनका अध्यक्ष मोहन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्षद्वारा बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत,कोषाध्यक्ष मनिला जबेगुले बजेट प्रस्तुत ,सहसचिव सोमनाथ चापागाईंले संस्थाले गरेको अनुगमन प्रतिबेदन प्रस्तुत गर्नुका साथै आन्तरिक लेखा समिति संयोजक कमल बुढाथोकीले आर्थिक बर्ष २०८१/०८२ को लेखा परिक्षण प्रतिबेदन प्रस्तुत गरेका थिए!
कार्यक्रममा ३१ घर बिपन्न परिवारलाई ग्यास र चुलो वितरण साथै ३१ जना बिपन्न परिवारलाई स्वास्थ्य बिमा समेत गरेका थिए!१० बिपन्न परिवारलाई खाट वितरण गरियो!
कार्यक्रममा ज्येष्ठ चौतारीको लागि १ थान LED TV युथ अफ खुदुनाबारी संस्थाले प्रदान गरेको थियो!
संस्थाका उपाध्यक्ष लक्ष्मीराम शर्माले स्वागत गरेको कार्यक्रमको संचालन सचीव उर्मिला कटुवालले गरेकी थिईन!



