के पुग्ला त बर्मे मोटरबाटो ?

सुरेन्द्र खरेल, पाँचथर —
“अब त हाम्रो गाउँमा गाडी आउँछ कि आउँदैन?” याङ्वरक गाउँपालिका–२ बर्मेका स्थानीयहरूबीच अहिले यही प्रश्न छ। विकासको सुगन्ध फैलिरहेको देशमा अझै पनि पाँचथरको पुर्वी पहाडी बस्ती बर्मे मोटरबाटो पर्खिरहेको छ। सरकारसँग गुहार्दा नपुगेपछि अहिले स्थानीयहरू चन्दा उठाएर आफैं सडक खन्न थालेका छन्।

पाँचथर सदरमुकाम फिदिमदेखि झन्डै १९० किलोमिटर टाढा रहेको बर्मे पुग्न आज पनि पाँच घण्टा पैदल हिँड्नुपर्छ। बेतेनीसम्म मोटर चल्ने भए पनि त्यसपछि बाटो छैन।
याङवरक २ धिमालेहुदै सिधा बाटो बनाउँन ठूलो लागत लाग्ने भएकाले अहिले ताप्लेजुङको कालिखोलाबाट बाटो विस्तार गर्ने योजनामा स्थानीय जुटेका छन्।
ताप्लेजुङतर्फको सिदिङ्वा गाउँपालिका–१ स्थित कालिखोलाको श्यामटारसम्म बाटो पुगेको छ। अब त्यहाँबाट झन्डै चार किलोमिटर बाटो विस्तार गर्न सके बर्मेसम्म गाडी पुग्नेछ।

त्यसैगरी, सिदिङ्वा गाउँपालिकाले १० लाख रुपैयाँ छुट्याएको छ। उक्त बजेटबाट कालिखोलाको श्यामटारसम्म पुगिसकेको बाटोलाई अझै अघि बढाउने योजना छ। सो क्षेत्रबाट बर्मेको तिम्बुपोखरी आधारभूत विद्यालयसम्म सडक विस्तार गर्न स्थानीय जुटिरहेका छन्।

१६ घरधुरी र ८५ जनाको बसोबास रहेको बर्मे गाउँ न त राजनीति दलका–दर्शनका भाषणमा पर्दछ, नत विकास योजनाका प्राथमिकतामा। तर, यस गाउँले झोलुङ्गे पुल, सानो जलविद्युत आयोजना र अब चन्दा संकलनमार्फत सडक खनेर विकासको ढोका आफैं खोल्ने प्रयास गरिरहेको छ।
बर्मे गाउँ सडक पुर्याउ महा अभियान समितिले सबै देश–विदेशमा रहेका सहयोगी मनहरुलाई सहयोगको अपिल गरेको छ। “हामी पैसा मागिरहेका होइनौं, साथ खोजिरहेका छौं,” बर्मे गाउँ सडक पुर्याउ महा अभियान समितिका आर्थिक समिति संयोजक दिपक प्याकुरेलले भने, “यो अभियानमा तपाईंको सानो सहयोगले ठुलो परिवर्तन ल्याउन सक्छ।”

सरकारका ठूला नारा र योजनाबीच चन्दा, पसिना र मेहनतले बाटो बनाउन थालिएको बर्मे नेपालको दुर्गम बस्तीको प्रतिनिधि कथा हो।
…जहाँ प्रश्न अझै उस्तै छ — के पुग्ला त बर्मे मोटरबाटो?
वा सधैंझैं यो पनि कागजमै सीमित रहने हो?

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट