कोशी प्रदेश स्तरीय गायन तथा नृत्य प्रतियोगिता हुने।

2082-03-29

भिम बराल /निलोपाटी
प्रदेशको शान, को बन्छ नम्बर वान भन्ने नाराका साथ सा रे ग म कला केन्द्र, अर्जुनधाराले प्रदेशस्तरीय गायन तथा नृत्य इष्ट सुपर स्टार सिजन १ आयोजना गर्ने भएको छ। कोशी प्रदेश स्तरीय प्रतियोगिता हुने पत्रकार सम्मेलनद्वारा जानकारी गराइएको छ।
सारेगम कला केन्द्रको आयोजनामा‌ कोशी प्रदेशका १४ जिल्लालाई तथा छिमेकी र राष्ट्र भारत मा बस्ने नेपाली भाषीहरू का लुकेर रहेका अन्तर्नित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले तथा गाउँ गाउँमा रहेका प्रतिभा जो स्टेजसम्म आइपुगेका छैनन् तिनीहरूलाई स्टेजसम्म ल्याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको यस कार्यक्रमका अध्यक्ष अनिल कुमार तामाङले जानकारी दिनुभयो। उक्त कार्यक्रममा भाग लिनका लागि १४ वर्षदेखि ४९ वर्षसम्म उमेर उमेर समूहका ले भाग लिन पाउनेछन् तथा गायनमा नेपाली लोक तथा आधुनिक गीतहरू गाउन पाउने छन् तथा नृत्यतर्फ पनि लोक आधुनिक गीतलाई प्राथमिकतामा राखी जानकारी सारेगामा कला केन्द्रका सञ्चालक तथा singing and dancing east super star का उपाध्यक्ष सन्तोष आले मगरले जानकारी दिनुभयो। उक्त कार्यक्रमको पुरस्कार राशि गायन तर्फ विजेताले ३ लाख first रनर अफले १ लाख ५०००० सेकेन्ड रनर अपले एक लाख रुपैयाँ त्यस्तै नृत्यतर्फ विजेताले ३ लाख रुपैयाँ रनर अपले एक लाख ५० हजार र सेकेन्ड रनर अपले एक लाख रुपैयाँ ट्रफी मेडल प्राप्त गर्नेछन् भने trop 3 मा पर्नेले म्युजिक भिडियोमा खेल्ने अवसर प्राप्त गर्ने जानकारी पत्रकार सम्मेलनमा अध्यक्ष तामाङले दिनुभयो। यस कार्यक्रमको निर्णायकमा नृत्यतर्फ राज लावती र ज्ञानु सुब्बा गायनतर्फ उत्तरजंग लिम्बु र सन्तोष आले रहनुहुने कार्यक्रममा दोस्रो राउन्डबाट ३०% भोटिङ ७०% जजको निर्णयमा प्रतियोगीलाई छनोट गरिने गरिने छ सहभागिता जनाउन इच्छुकले एक हजार इन्ट्री फि लाग्ने कोशी प्रदेशका विभिन्न २० स्थानमा अडिसन हुने र पहिलो अडिसन अर्जुनधारा नगरपालिका मा यही साउन ३ गते ४ गते माई नगरपालिका ५ गते रोङ गाउँपालिका ६ गते सूर्योदय नगरपालिका ७ गते इलाम नगरपालिका ८ गते देउमाई नगरपालिका ९ गते राके बजार १० गते फिदिम ११ गते आठराई १२ गते थर्पु १३ गते ताप्लेजुङ १७ गते काँकरभिट्टा १८ गते भद्रपुर १९ गते दमक २० गते बिर्तामोडमा लेटाङमा २३ गते विराटनगरमा २४ गते इटहरीमा २५ गते गाईघाटमा २६ गते धरानमा २७ गते र हिलेमा २८ गते यस कार्यक्रमको ग्रान्डफिनाली असोज ११ गते हुने सहभागी हुन इच्छुकले पायक पर्ने स्थानमा सहभागिता जनाइदिनुहुन यस कार्यक्रमकी कोषाध्यक्ष सोफी आङदाम्बे लिम्बुले हार्दिक अपिल गर्नुभएको छ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट