पाथीभरामा केबलकार निर्माणको काम अघि बढ्ला त?

#सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको काम रोक्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेको छ।

#न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासले बुधबार अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने फैसला सुनायो।

#गत चैतमा परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले निर्माण कार्य यथास्थितिमा राख्न आदेश दिएको थियो।

#अदालतको यो आदेशसँगै अब पाथीभरामा केबलकार निर्माणको काम अघि बढ्नेछ, जसको लगानी आइएमई ग्रुपको रहेको छ।

काठमाडौँ । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केवलकार निर्माण कार्य रोक्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने आदेश गरेको छ ।

न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासले बुधबार यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने आदेश गरेको छ ।

पाथीभरा केवलकार निर्माण कार्य रोक्न माग गर्दे गत चैतमा यामबहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेशको टुङ्गो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितिमा राख्न आदेश दिएको थियो ।

त्यसपछि न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई झिकाएको थियो । दुई पक्षको छलफलपछि डा नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासले अन्तरिम आदेश दिनुनपर्ने बताएको हो ।

यो आदेश सँगै अब केबलकार निर्माणको काम अघि बढाउन बाटो खुलेको छ । आइएमई ग्रुपको लगानीमा पाथीभरामा केवलकार निर्माणको काम अघि बढेको थियो।

  • Related Posts

    सिदिङ्वा गाउँपालिकाको गैरजिम्मेवार खर्च सार्वजनिक बर्थिङ्ग सेन्टर नै छैन तर १३ लाख ८९ हजार १२० को औषधि र उपकरण किनियो !

    राज याक्खा,ताप्लेजुङ् सिदिङ्वा गाउँपालिकामा जनताको करबाट संकलित रकम कसरी खर्च भइरहेको छ भन्ने गम्भीर प्रश्न उठेको छ। वडा नं. ६ मेहेलेमा बर्थिङ् सेन्टर सञ्चालन गर्ने भन्दै गाउँपालिकाले रु १३ लाख…

    काँकरभिट्टा नाकाबाट सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात

    झापा, ९ पुस । चालु आर्थिक वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल,…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो