बार्ताबाटै सहमतिको बाटो निकाल्न मेयर मादेनको अनुरोध

ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले ‘नो केबलकार समूह’ लाई वार्ताबाट नभाग्न आग्रह गरेका छन् । सोमबार बिहान नगरपालिकाका सात वडाध्यक्षलाई राखेर उनले पत्रकार सम्मेलन गरेका थिए ।

उनले वार्ता भाँडिएको भन्ने विषयले आफूलाई चिन्तित बनाएको भन्दै भने, ‘तपाईंहरू समाधान निकाल्ने ठाउँमा पुग्नु भएको छ, वार्ताबाट नभाग्नुहोस्, समाधान निकालेर फर्कनु होस् ।’

सरकारसँगको वार्तामा ताप्लेजुङ बाहिरका मानिस पनि सहभागी भएको भन्दै उनले असन्तुष्टिसमेत व्यक्त गरे । स्थानीय तहलाई केवलकार निर्माणको अनुमति दिने अधिकार भएकाले त्यो अधिकार आफूभन्दा अगाडिको नगर प्रमुख छत्रपति प्याकुरेलले प्रयोग गरेको बताउँदै उनले आफूले भने त्यसको नवीकरण गरिदिएको बताएका छन ।

उनले केबलकारको विषयमा राजनीति मिसिएको बताउँदै राजनीतिकरण गरेर ताप्लेजुङको समस्या समाधान नहुने समेत तर्क गरेक छन ।कार्यक्रममा सबैजसो वडाध्यक्षले आफ्नो वडाका जनता केबलकार बनाउनुपर्ने पक्षमा भएकाले बाहिरका जिल्लाबाट अनावश्यक राजनीतिक हस्तक्षेप नगर्न आग्रह गरे । ताप्लेजुङका जनता केबलकारको विपक्षमा छन् भनेर फैलाइएको भ्रमप्रति आपत्ति जनाउँदै उनिहरुले मिडियाकर्मीलाई वास्तविक जनताको आवाज बोल्न आग्रह गरे । केबलकार निर्माण हुने फुङलिङ नगरपालिका-११ फावाखोलाका वडाध्यक्ष योगेश भट्टराईले आफ्नो वडाका शतप्रतिशत जस्तै जनता केबलकारको पक्षमा रहेको र कहिले बन्छ भनेर व्यग्र प्रतीक्षामा रहेको पनि बताए । ‘मेरो वडाका जनताले विरोध गरे त्यहाँ बन्नै सक्दैन,’ उनले भने, ‘तर विरोधमा जनता छैनन् ।’

 

फुङलिङ-९ का वडाध्यक्ष लक्षुमन गुरुङले अनावश्यक विवाद निकालेर समुदायलाई विभाजित गर्न लागेकोमा आक्रोश व्यक्त गरे । वडा नम्बर २ का मोहन न्यौपाने, ३ का टंक पालुङवा, ७ का योगेन्द्र निरौला, ६ का तेज गुरुङले केबलकार निर्माण गर्नुपर्ने र आन्दोलनरत समूहलाई वार्तामार्फत समाधान खोज्न आग्रह गरे । वडा नम्बर ४ का दुर्गा पालुङवाले भने सहमति गरेर निर्माण प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए ।

फुङलिङ नगरपालिकाका निवर्तमान उपप्रमुख तारा भट्टराई, उद्योग वाणिज्य संघका महासचिव कमल लिम्बू, गैरसरकारी संस्था महासंघ ताप्लेजुङका अध्यक्ष खड्गविक्रम सुवेदीले केबलकार निर्माणमा अवरोध पुर्‍याउन नहुने तर्क राख्नै बन्द हड्ताल गरेर जनता, नागरिकलाई दु:ख दिने कार्यक्रम नल्याउन आन्दोलनरत समूहलाई आग्रह गरेका छन ।

  • Related Posts

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    अजेन्द्र वाईबा तामाङ साउन ११ ,फिदिम पाँचथरको फिदिममा नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी आज देखि सुरु भएको छ। किरात राई यायोक्खाको आयोजनामा तथा नेपाल आदिवासी…

    पाँचथरमा नौमती बाजा सहित बेठि उत्सब मनाए

    अजेन्द्र वाईबा तामाङ साउन ९ ,पाँचथर पाँचथरको फिदिम नगरपालिका–५ मा शनिबार परम्परागत बेठी उत्साहपूर्वक मनाइएको छ। स्थानीय लक्ष्मीप्रसाद चापागाईँको धान रोपाइँलाई सामूहिक श्रम र सांस्कृतिक उत्सवका रूपमा रूपान्तरण गर्दै परिवार,…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु