च्याङथापुमा ट्याक्टर दुर्घटना, चालकको निधन

सुरेन्द्र खरेल, मिति: २०८१-१०-२८

पॉँचथर– याङवरक गाउपालिका १ च्याङथापु नजिकै गौंथीली भीरमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको निधन भएको छ।

सोमबार बिहान करिब साढे चार बजे, तिमतिम्बु देखि च्याङथापु बजारतर्फ आउँदै गरेको मे १ त ६८९४ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, पॉचथरले जनाएको छ।

दुर्घटनामा याङवरक १ टिम्बुरे घर भएका २७ वर्षीय चालक दिनेश चौहानको घटनास्थलमै ज्यान गएको हो। ट्याक्टर सडकदेखि दुई सय मिटर तल खसेको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ, जिल्ला प्रहरी कार्यालय पॉचथर र इलाका प्रहरी चौकी च्याङथापुबाट गएको टोलीले घटनास्थलमा अध्ययन गरी प्रकृति मुचुल्का तयार गरिरहेको र शव पोष्टमार्टमका लागि जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी गरिएको डिएसपी कौशलकुमार बुडाथोकीले जानकारी दिए।

फोटो:– पॉचथरको याङवरक १ च्याङथापुमा दुर्घटनामा परेको ट्याक्टर।

  • Related Posts

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    राज याक्खा/ताप्लेजुङ फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनबाट श्री जनता माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय लिम्बू सुब्बालाई कामकाजमा रोक लगाएको पत्राचार पछि सुब्बा सर्वोच्च अदालत पुगेका हो। अदालतले…

    जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

    राज याक्खा/ताप्लेजुङ् फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवाद सर्वोच्च अदालत सम्म पुगेको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेको निवेदक सञ्जय लिम्बू सुब्बाको दाबी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली