च्याङथापुमा ट्याक्टर दुर्घटना, चालकको निधन

सुरेन्द्र खरेल, मिति: २०८१-१०-२८

पॉँचथर– याङवरक गाउपालिका १ च्याङथापु नजिकै गौंथीली भीरमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको निधन भएको छ।

सोमबार बिहान करिब साढे चार बजे, तिमतिम्बु देखि च्याङथापु बजारतर्फ आउँदै गरेको मे १ त ६८९४ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, पॉचथरले जनाएको छ।

दुर्घटनामा याङवरक १ टिम्बुरे घर भएका २७ वर्षीय चालक दिनेश चौहानको घटनास्थलमै ज्यान गएको हो। ट्याक्टर सडकदेखि दुई सय मिटर तल खसेको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ, जिल्ला प्रहरी कार्यालय पॉचथर र इलाका प्रहरी चौकी च्याङथापुबाट गएको टोलीले घटनास्थलमा अध्ययन गरी प्रकृति मुचुल्का तयार गरिरहेको र शव पोष्टमार्टमका लागि जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी गरिएको डिएसपी कौशलकुमार बुडाथोकीले जानकारी दिए।

फोटो:– पॉचथरको याङवरक १ च्याङथापुमा दुर्घटनामा परेको ट्याक्टर।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु